प्रहरी चौकी गेट नजिकबाट २ बालक अपहरण



हाम्रो इकोनोमि

 

काठमाडौंस्थित जय बागेश्वरीबाट मकवानपुर जिल्लाका दुई बालक अपहरण परेका छन् । मकवानपुरस्थित बकैया गाउँपालिका वडा नं. ४ का किरण हटवाल र कृष हटवाल अपहरण परेका हुन् । उनीहरु दाजुभाई हुन् ।

काठमाडौं गौशालास्थित् जय बागेश्वरीमा रहेको बाल सारथी एकेडेमी विद्यालयमा कक्षा २ मा अध्यायनरत वर्ष १५ का कृष हटवाल र वर्ष १२ का किरण हटवाल अपहरण परेका हुन् ।

महानगरीय प्रहरी परिसर गौशालाका डिएसपी प्रदिप कुमार सिंहले उज्यालो नेटवर्कलाई दिएको जानकारी अनुसार उनीहरुलाई बिहीबार राति १० देखि ११ बजेको बीचमा अपहरणकारीले नियन्त्रणमा लिएको हो ।

उनका अनुसार अपहरणकारी र दुई बालकको खोजीकार्य जारी छ । ती बालकका बुवाले गौशाला प्रहरी चौकीभन्दा ५० मिटर दक्षिणमा पार्किल स्थल सञ्चालन गर्दै आएका छन् ।

विद्यालय समय सकेर नियमित रुपमा ती बालकद्धय पार्किङस्थल जाने गरेका थिए । बिहीबार राति पार्किङस्थल पुगेपछि उनका बुवा खाना खान घर गएका थिए । उनका बुवा राजेश हटवाल खाना खाएर फर्किने क्रममा छोराहरु गायब भएका थिए । उनीहरु हालसम्म गायब नै छन् ।

 

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...