छातीमा गोली बोकेका पूर्व-प्रहरीलाई प्रहरीले नै गर्‍याे दुर्व्यवहार, रूँदै पुगे सिधाकुरा



हाम्रो इकोनोमि

 

सशस्त्र द्वन्द्वका वेला छाती र पिठ्युँमा गोली लागेका देवबहादुर थापाको छातीको गोली अझै निस्किएको छैन ।

उनी नेपाली प्रहरीमा छँदा २०६० साल कात्तिक २४ गते सुर्खेत क्याम्पसमा भएको माओवादीसँगको भिडन्तमा घाईते भएका थिए । जागिर खाएको ६ महिनामै दुई ओटा गोली खाए । यही कारण उन्को कम्मरमुनिको भाग केही पनि चल्दैन ।

देशका लागि लड्दा छातीमा लागेको गोलीले त्यती बिझाउँदैन हाेला, जति बुधबार प्रहरी कार्यालयका सईकाे गाली खाँदा चित्त दुख्यो । केही सहयोगका लागि प्रहरी प्रवक्ता भेट्न प्रहरी प्रधान कार्यालय पुगेका उन्लाई प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सई बिजय यादवले दुर्व्यवहार गरेको उनी बताउँछन् ।

देशका लागि लडेको, द्वन्द्वमा घाईते भई आपांगता भएको व्यक्तिलाई प्रहरीले नै दुर्व्यहार गरेपछि उन्को मन थामिएन । रुँदै आफ्नो गुनासो सुनाउन उनी हाम्रो कार्यालय आए । के कारणले प्रहरी प्रधान कार्यालय पुगेको भन्ने हाम्रो जिज्ञासा थियो ।

नेपाल प्रहरीको त्रिपुरेश्वर दंगा कार्यलयमा कार्यरत आफ्नी श्रीमतीको सरुवा भएपछि आफुलाई उपचार गराउन काठमाडाैँ सजिलो हुने भएकाले उन्को सरुवा रोक्न प्रहरी प्रवक्तालाई भन्न त्यहाँ पुगेका थिए । तर सई विजय यादवले उन्लाई गाली गर्दै दुर्व्यवहार गरेपछि उनी रुँदै प्रहरी कार्यालयबाट निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...