चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु



हाम्रो इकोनोमि

चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ।

बिहीबार बिहान लेटाङ नगरपालिका ३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो वडाको त्रिशुली चोकका राई साथीको घरमा गएका थिए। सुतिरहेको अवस्थामा राति ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्दा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटना थाहा हुनासाथ प्रहरी जाँदा उनको मृत्यु भइसकेको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...