यी मुलुक जहाँ युवतीमाथि सोमबारको दिन केटाहरुलाई यस्तोसम्म गर्न दिइन्छ छुट !



हाम्रो इकोनोमि

 

दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ ।
मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।

ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।

परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास छ ।

तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विवाद र झगडा पनि हुने गरेको छ ।

सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाप पखाल्ने परम्परा छ । तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...