सन्नीले आफ्नो नम्बर दिएपछि तनावमा यी युवक



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री सन्नी लियोनीको कारण अहिले एक युवा तनावमा रहेका छन् । जसको समाधानको लागि ती युवक पुलिस चौकीमा उजुरी दिन बाध्य भए । फिल्म ‘अर्जुन पटियाला’ मा सनी ले एक मोबाइल नम्बर बताउँछिन् । मान्छेहरूले उनले दिएको नम्बर सनी लियोनीकै सम्झेपछि यसले समस्या आएको हो ।

 

त्यसपछि युवाहरूले उक्त नम्बरमा फोन गर्न थाले । तर त्यो मोबाइल नम्बर सनी लियोनीको थिएन । नम्बर दिल्लीमा रहने पुनीत अग्रवाल नामक एक व्यक्तिको थियो । ती व्यक्तिले अहिले यो नम्बर सनीको होइन भनेर भन्दाभन्दा वाक्क भइसकेको बताएका छन् ।

 

पुनीतलाई दैनिक एक सयभन्दा बढी सनीलाई भन्दै फोन आउने गर्छन् । फोन गर्ने सबैले सनीसँग कुरा गर्न चाहेको बताउँछन् । यो फोनबाट पुनीत यति तनावमा परे कि, उनले प्रहरीमा उजुरी नै दिएका छन् ।

 

‘अर्जुन पटियाला’ २६ जुलाईमा रिलिज भएको थियो । फिल्म रिलिज भएपछि पुनीतको मोबाइलमा निरन्तर फोन आउन थाल्यो । हैरान भएपछि सनी र निर्माताविरुद्ध पुनीतले उजुरी दिएका छन् । पुनीतको मोबाइलमा भने फोन आउन छोडेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...