भयानक कार दुर्घटना, एकै परिवारका ७ जनाको निधन



हाम्रो इकोनोमि

 

अचानक भएको कार दुर्घटनामा ७ जनाको ज्यान गएको छ । यात्रुले भरिएको कार अनियन्त्रित भएर पल्टीदा ७ जनाको ज्यान गएको छ । भारत महाराष्ट्रको सतारामा आज दुर्घटना भएको हो । ज्यान गुमाउनेहरु सबै एकै परिवारका सदस्य भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

यस घटनामा चालक गम्भीर घाइते भएको र उनको उपचार भइरहेको जानकारी दिइएको छ । यो दुर्घटना सतारा नजिक बोरगाउँ क्षेत्रको बेंगलुरु–पुणे राजमार्गमा भएको हो । कर्नाटक धारवाड़ निवासी निजामुद्दीन सौदागर परिवारका ६ सदस्यसहित मुम्बई तर्फ आइरहेका थिए । आज राती करीब एक बजे कार दुर्घटनामा परेको थियो ।

 

मर्नेहरुमा २ पुरुष, २ महिला १ जना साढे तीन वर्षको छोरा र ५ र ७ वर्षकी दुई छोरी रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५ जनाको घटनास्थलमा नै ज्यान गएको हो । बोरगाउँका एएसपी सीएस मालीले तिव्र गतिका कारण कार दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

 

कारमा निजामुद्दीन सौदागर, उनकी पत्नी, छोरा, बुहारी, एक नाती र दुई नातिनी सवार थिए । निजामुद्दीनका नातेदार अहिले घटनास्थल पुगेका छन् । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...