चर्चित व्यवसायीले ऋण तिर्न नसकेपछि गरे आत्मह’त्या



हाम्रो इकोनोमि

 

चर्चित व्यापारीले ऋण तिर्न नसकेपछि आत्मह’त्या गरेका छन् । भारतका सबैभन्दा ठूलो कफी व्यवसाय सञ्चालन गर्दै आइरहेका चेन क्याफे कफी डे (सीसीडी) का संस्थापक वीजी सिद्धार्थले आत्मह’त्या गरेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

उनी कर्नाटकका पूर्व मुख्यमन्त्री एसएम कृष्णाका ज्वाईं हुन् ।

उनको शव बुधबार बिहान मेंगलुरुको नेत्रावती नदीमा भेटिएको छ । मेंगलुरुका सांसद युटी खादरका अनुसार सिद्धार्थका साथी एवं आफन्तले शवको पहिचान गरिसकेका छन् ।

सोमबार राति उनी हराएपछि दुइ सयजना भन्दा धेरै जना खोजी अभियानमा जुटेका थिए । २७ जुलाईमा लेखिएको सिद्धार्थको एउटा पत्र सार्वजनिक भएको छ जसमा उनले इक्विटी पार्टनर तथा ऋणदाताहरुको दबाबबारे जानकारी दिएका छन् ।

उनले व्यवसायीको रुपमा आफू असफल भएको पनि पत्रकार उल्लेख गरेका छन् । पुलिस सोधपुछको क्रममा ड्राइभरले सिद्धार्थ उलाल शहरमा रहेको पुलसम्म घुम्न निस्किएका थिए । त्यहाँ उनले कार रोक्न लगाए र पैदल नै हिँडे ।

ड्राइभरले गाडीमै बसेर उनको प्रतिक्षा गरिरहेको र त्यसपछि पनि नआएपछि प्रहरीलाई सूचना दिएको बताए । घटनालाई लिएर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । उनीमाथि झण्डै ७ हजार करोड भारतीय रुपैयाँ ऋण भएको समाचारमा उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...