थाहा पाउनुहोस् आजको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?



हाम्रो इकोनोमि

 

आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो या अपराह्न देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

राति भने पूर्व तथा मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अहिले देका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ ।

काठमाडौं उपत्यकामा पनि अहिले आंशिक बदली रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । अपराह्नतिर यहाँ पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा धेरै दक्षिण भारतमा रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएको महाशाखाले जनाएको छ।

आगामी तीन दिनसम्म देशका केही स्थानमा मेघ गर्जनसहित तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशहाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

 

महाशाखाले बिहान जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

साउन १५ गते बुधबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना छ। देशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १६ गते बिहीबार
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जनसहित वर्षा हुने सम्भावना छ ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना छ।

साउन १७ गते शुक्रबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जनसहित वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जनसहित वर्षा हुने सम्भावनन छ । देशको पूर्वी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...