यस्तो हालतमा प्रियकां चोपडा, २० गोप्य तस्विर लिक भएपछि बबाल



हाम्रो इकोनोमि

 

हालै बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान अमेरिकी चर्चित गायक निक जोनासबीच सम्बन्ध विच्छेदको हल्ला चलेको छ। ३६ वर्षीया प्रियंका र २६ वर्षीय निकबीच गतवर्षको डिसेम्बर महिनामा भारतमा हिन्दु र क्रिश्चियन दुवै संस्कार अनुसार विवाह भएको थियो।

 

तर विवाह गरेको चार महिना नपुग्दै उनीहरु बीचमा खटपट सुरु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा हल्ला फैलिएको छ। प्रियंका निकबीच साना–साना कुरामा झगडा सुरु भएको र उनीहर सम्बन्ध विच्छेदको अवस्थामा पुगेको समाचारहरुमा उल्लेख छन्।

तर सम्बन्ध विच्छेदको हल्ला चलिरहेका बेला प्रियंकाले समाचार झुठो भएको पुष्टि गर्न खोजेकी छन्। उनले शनिबार एक पारिवारिक फोटो सार्वजनिक गरेकी छन्। प्रियंकाले श्रीमान निक उनका परिवार र आफ्नो सम्बन्ध अझ प्रगाढ भएको देखाउन खोजेकी छन्।

 

शनिबार प्रियंका निकका दाजुभाइहरुको सांगीतिक कार्यक्रममा सहभागी भइन्। उक्त कार्यक्रममा प्रियंकाका ससुरा समेत उपस्थित थिए। उनले फोटो पोस्ट गर्दै क्याम्पसनमा भनेकी छन्,‘निकका दाजुभाईसँग मेरो पहिलो सांगीतिक साँझ निकै रोमान्चक भयो, मैले परिवारसँग गर्वको महशुस गरिरहेको छु।’

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...