हरेक दिन नुहाउनु स्वास्थयका लागि राम्रो हुँदैन,यस्तो छ कारण



हाम्रो इकोनोमि

 

अहिले अनेक खालका अध्यन अनुसन्धानहरु बाहिर आउँने गर्छन । सामान्यतया हरेक दिन नुहाउने कुरालाई राम्रो मान्ने गरिएको छ । हामीले दिनदिनै नुहाउनु ठीक हुन्छ कि अलिअलि मैलो बसेकै ठीक हुन्छ ? केही अनुसन्धानकर्ताहरूका अनुसार हामीले शरीरको प्राकृतिक गन्धलाई बचाइराख्नुपर्छ ।

अनि हालसालै गरिएका अध्ययनहरूले धेरै नुहाउँदाखेरी शरीरका सूक्ष्म जीवाणुहरूलाई हानि पुग्ने देखाएका छन् । ब्राजिलमा रहेको घना अमेजोन जंगलमा बस्ने यानोमामी जातिका मानिसहरूको शरीरमा थुप्रो जीवाणु फेला परेको बताइएको छ । यानोमामीहरू खासै नुहाउँदैनन्, त्यसैले उनीहरूको शरीरमा जीवाणु थुप्रिएका हुन् ।

ननुहाउँदैमा उनीहरू बिरामी परेका छैनन्, गाउँमा दुर दराजमा बस्ने नेपालीहरुले पनि सामान्यतया नुहाउने काम कम मात्रामा गर्छन । विकसित देशका केही मानिसहरू पनि आजकल पूरै नुहाउन छोडेका छन् । सुप्रसिद्ध अमेरिकी विश्वविद्यालय एमआईटीबाट स्नातक उत्तीर्ण गरेका ड्यान ह्विटलकले १२ वर्षदेखि ननुहाएको दाबी गरेपछि सबै चकित भएका छन् ।

यसको साटो उनले आफैंले आविष्कार गरेको एउटा झोल छर्किने गर्छन् । मदर डर्ट प्लस मिस्ट नामक यो झोलमा मानव काखीमा पाइने राम्रो ब्याक्टेरिया रहेको अनि यसले पर्याप्त सफाइ गर्ने उनी बताउँछन् । उनको कम्पनीले प्रयोगकर्ताहरूलाई पूरै नुहाउन छोड्नुभन्दा नियमित हात धुन तर साबुन नदल्न सल्लाह दिने गरेको छ । ह्विटलकले बनाएको झोलले हाम्रो पसिनामा रहेको अम्मोनियालाई समाप्त पार्दछ ।

यसले सफाइ गर्ने, दुर्गन्ध हटाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउने कम्पनीको दाबी छ । साबुनको आविष्कार हुनुअघि मानिसहरू कसरी आफूलाई सफा राख्थे भन्ने थाहा पाउन पनि आफूले नुहाउन छोडेको ह्विटलकले बताए । परम्परागत स्नानको साटो वा त्यस सँगसँगै यो झोलले शरीरमा जीवाणुहरूको अदृश्य साम्राज्य बनाउँछ र सफा गर्छ ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...