सुहागरातदेखि नै श्रीमानले यस्तो गर्न थालेपछि श्रीमती प्रहरीमा पुगिन्



हाम्रो इकोनोमि

 

अहिलेको विज्ञान र प्रविधिको बढ्दो प्रयोग लाभदायक भन्दा पनि नोक्सान धेरै गर्ने खालको भएको छ । कम उमेरमा हुने प्रेमले भविष्यलाई अलग बाटोमा लैजान्छ । प्रेम अनि विवाहपछि सबैको सपना र योजना आनन्दले जीवन चलाउने अनि सुन्दर भविष्य निर्माण गर्ने हुन्छ । धरान उपमहानगरपालिका–६ का युवराज कार्कीले पनि यहि सोचेका थिए ।

 

तर, भई दियो उल्टो । प्रेम विवाह गरी भित्र्याएकी श्रीमतीले नै अहिले उनलाई प्रहरीको खोरमा पुर्याएकी छन् । दुई महिना अगाडि टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका–६ का २१ वर्षीय कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

 

सुनिताले बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । सुनिताको जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालय धरानले उनका श्रीमानलाई पक्राउ गरी जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरेको हो । प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ । सुनिता र युवराजले गत वैशाख २७ गते मागी विवाह गरेको स्थानीय आनन्द सुवेदीले बताए ।

 

सुनिताले युवराजले घरमा भित्राइएदेखि नै आफूविरुद्ध कुटपिट गरी जबरजस्ती करणी गरेको भन्दै स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी हुन् । श्रीमानविरुद्ध मुद्धा दर्ता गरेकी उनी हाल आफन्तकोमा बस्दै आएकी छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले युवराजविरुद्धको जाहेरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...