झापामा १६ वर्षीया किशोरीलाई ३ जनाले सामूहिक जबरजस्ती करणी



हाम्रो इकोनोमि

 

झापाको शिवसताक्षी नगरपालिका बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-७ बस्ने १९ वर्षीय श्याम भट्टराईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई भट्टराई समेत ३ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो । साथै फरार २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, थाहा नगरपालिका बस्ने ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-६ पालुङ डेरा गरी बस्ने बारा कलैया घर भएका २० वर्षीय नरेश दास शर्मालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता गुल्मी, सत्यवती गाउँपालिका-४ भिरकुनामा अविरल बर्षाको कारण मंगलबार बिहान ४ वटा घर पहिरोले बगाउँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीया पम्फा बिक, १२ वर्षीया अंजली बिक, २५ वर्षीया मंगली भन्ने निर्मला विक, १० वर्षीया हेमन्त बिक, सिमनी बिक र छली बिक रहेका छन् । साथै पहिरोमा पुरिएर ३ वर्षीय सुमन विक लगायत २ जना हाल वेपत्ता भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी गुल्मी, सत्यवती गाउँपालिका-३ ठुलो लुम्पेक बस्ने लेख बहादुर तरामुको कच्ची घरमा पहिरो आई मंगलबार बिहान घर भत्कँदा २ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालयहरु जोहाङ तथा रिडी र जिल्ला प्रहरी कार्यालयबाट उद्धार सामाग्री सहित खटी गएको टोलीले उद्धार गर्ने क्रममा लेखबहादुरकी श्रीमती ३४ वर्षीया तिला तरामु र उनको ९ वर्षीय छोरा दर्शन तरामुको शव फेला पारेको हो ।

साथै उनका छोरीहरु १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामुलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।

सोही गाँउपालिका बस्ने रुद्र बहादुर बिकको कच्ची घर अबिरल बर्षाको कारण पहिरो आई बगाउँदा उनकी ४० वर्षीया श्रीमती माया बिक र १६ वर्षीया छोरी बबि बिक बेपत्ता भएकाले प्रहरीले खोजी कार्य गरिरहेको छ ।

बाग्लुङ, गलकोट नगरपालिका-८ ज्यामिरे बस्ने पिताम्बर गौतमको घर पछाडीबाट पहिरो आई नजिकै रहेको एकतले कच्ची गोठ पुँरिदा उनकी १७ वर्षीया छोरी सिता गौतमको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले तदारुकताका साथ आवश्यक उद्धार कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...