निर्मला हत्यामा मानव अधिकार आयोगको निर्देशन- डाक्टर र प्रहरीलाई मुलुकी संहिता लगाऊ



हाम्रो इकोनोमि

 

फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ( मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य ।

यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक(फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ ।

निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । लापरवाही भनेको हेलचेक्र्याइँ भन्दा मास्तिरको आपराधिक कार्य हो र यो दण्डनीय हुन्छ ।

वैधानिक आयोगका रुपमा रहेको राष्ट्रिय मानवअधिकार आयोगले गत माघमा नै यसबारे सरकारलाई ४ बुँदे सिफारिस र २४ बुँदे निर्देशन बुझाइसकेको छ । आयोगले सिफारिस गर्नुपूर्व नै सरकारले कञ्चनपुरका एसपी डिल्लीराज विष्टसहितका प्रहरीहरुलाई निलम्बन लगायतको विभागीय कारवाही अगाडि बढाइसकेको थियो । तर, निर्मलाको शव परीक्षण गर्ने चिकित्सकहरुमाथि चाहिँ कारवाही वा छानविन भएरनभएको बारे स्वयं आयोग नै अहिलेसम्म बेखबर छ ।

संविधानको धारा २४९ को ९२० अनुसार आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने बाध्यकारी हुन्छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले आयोगको सिफारिस सरकारबाट कार्यान्वयन भइरहेको दाबी गरेका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्र थिापाले भने, ‘आयोगले पठाएको, कार्यान्वयन भइरहेको छ । अझ पनि अनुसन्धान जारी छ । आयोगले दिएका निर्देशनहरुलाई हामीले दृढतापूर्वक लागू गरिराखेका छौं । मुख्य कुरा अपराधीहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ ।’

 

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...