तिलगंगा आँखा अस्पताललाई डब्लूएचओको समन्वय केन्द्रको मान्यता



हाम्रो इकोनोमि

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ ।

२५औं वाषिर्कोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा डबलूएचओले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो ।

आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाले अस्पताललाई समन्वय केन्द्रको मान्यता दिइएको डब्लूएचओले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेको भन्दै प्रशंसा गरे ।

उनले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको समेत प्रशंशा गर्दै अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सधैं तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुईतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गराए ।

हालसम्म ६० लाख व्यक्तिको उपचार गरेको र ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको निर्देशक रुईतले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...