माधव कमरेडसँग युद्धकै बेला पार्टी एकताको कुरा भएको थियो, अहिले फ्याट्ट भएको होइन : प्रचण्ड



हाम्रो इकोनोमि

 

१४ महिना लगाएर पार्टी एकताको काम अन्तिम चरणमा पुगेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना दिनको स्मरण गरेका छन् ।

एकता भाँड्न प्रधानमन्त्री पदको अफरदेखि धम्कीसम्म आएको उनले बताएका छन् । तर, धम्की र अफर कसले दिएको थियो भन्ने उनले खुलाएनन् ।

नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृतिसभामा उनले पार्टी एकता गर्न कति कठिन भयो त्यसको बेलीविस्तार लगाए ।

‘पार्टी एकता भाँड, पाँच वर्ष प्रधानमन्त्री बनाउँछौं भन्ने अफर आयो । मैले मानिनँ’, उनले भने, ‘त्यो कुरा स्वीकार नगरेपछि धम्की पनि आयो तर म न धम्कीसँग डराएँ न त लोभ र लालचमा फसें ।’ धम्की प्रतिक्रियावादीबाट आएको बताए पनि को हो भनेर खुलाएनन् ।

उनले आफूलाई मात्र नभई दुवै पार्टीका नेतालाई अवसरको लोभ देखाइएको सुनाए । ‘तापनि हामी लोभलालचमा फसेनौं’, उनले भने, ‘पार्टी एकताको काम लगभग सकियो । बाँकी रहलपहल पनि साउनभित्र सक्छौं ।’

पार्टी एकता नाटकीय रुपमा नभई १२ बुँदे सहमतिको आधारशिलाबाटै सरु भएको उनले बताए । ‘जनयुद्धका बेला हामी कम्युनिस्ट नेताहरुबीच भएका वार्ता र संवादका कुरा अहिले पनि धेरैलाई थाहा छैन । माधव नेपाल यहीं हुनुहन्छ ।

उहाँ र मबीच भूमिगत अवस्थामै रहेका बेला पटक–पटक कम्युनिस्ट एकताबारे छलफल भएको विषय बाहिर आएकै छैन’, उनले भने, ‘१२ बुँदे सहमति, १९ दिने जनआन्दोलन, शान्ति सम्झौताजस्ता ठूला राजनीतिक परिघटना पनि कम्युनिस्ट पार्टी एकतासँग जोडिएको छ । अहिले फ्याट्ट पार्टी एकता भएको होइन, यसमा धैरै प्रक्रिया रह्यो ।’

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...