अमेरिका उड्न लागेका श्रीमान लाई यस्तो पत्र लेखेर बेपत्ता भइन दुर्गा, हेर्नुहोस



हाम्रो इकोनोमि

 

उनी बिएड पास हुन्। ३४ वर्षकी दुर्गा शर्माको माईत बर्दिया हो। बुवा कुलप्रसाद पौड्यालले नेपालगञ्जमा व्यवसाय थालेयता सपरिवार पुष्पलाल चौक नजिक बस्छन्।

उनको कलेजमा अध्यापन गर्ने कपिल शर्मा न्यौपानेसँग १० वर्ष अघि मागि विवाह भएको थियो। दुबैबाट नौ वर्षका एक छोरा छन्।

श्रीमान कपिल दिनभर चावहिल डेरा नजिकको सेन्ट लरेन्स कलेजमा ब्यस्त हुन्छन्। दुर्गा छोरा र घरको काममै ब्यस्त हुन्थिन्।

दुर्गा र श्रीमान् बिचको सम्बन्ध सुमधुर देखिन्थ्यो । तर, बाहिर सुखी र खुसी देखिएको सम्बन्ध भित्रभित्रै खोक्रो बनेको रहेछ ।

दुर्गा शर्मा हराएको तीन दिनमा उनीहरुको सम्बन्धका छिद्रहरु प्रष्ट भएका छन् । दुर्गाले चार पृष्ठ लामो आफ्ना वेदनाको कथा तितो सत्य शिर्षकमा लेखेर शुक्रबार बिहानदेखि सबैबाट सम्पर्क बिहीन छिन्। यतिबेला काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशभरका प्रहरी दुर्गाको खोजीमा जुटेका छन्।

बिहीबार साँझ दुर्गा र कपिल बिचमा छोराको पढाईको बिषयलाई लिएर सामान्य झगडा भएको थियो। त्यो रात कपिल छोरासँग सुते। दुर्गा अर्को कोठामा सुतिन्। ‘म कलेज जान बिहान उठदा ढोका बाहिरबाट बन्द थियो,’ कपिल शर्माले नेपालखबरसँग भने ‘दुर्गा हामी दुबैलाई छोडेर कहाँ गईन् थाह छैन।’ यतिबेला महानगरीय प्रहरी कार्यालय मातहत रहेका तीनवटै परिसरले दुर्गाको खोजी गरिरहेका छन्।

यस्तै प्रहरी सञ्चार मार्फत दुर्गाको हुलिया ७७वटै जिल्लामा पुगेको छ। महानगरीय प्रहरी वृत्त गौशालामा दुर्गाका बुवा कुलप्रसाद पौड्यालले आइतबार ज्वाईं कपिल शर्मा न्यौपानेलाई विपक्षी बनाउँदै छोरी खोजीदिन निवेदन दिएका छन्।उनले दिएको निवेदनमा आफ्नी ३४ वर्षीया छोरी हराएको र ज्वाईं तथा उनको परिवारमाथि शंका रहेको उल्लेख गरेका छन्।गौशाला वृत्तका डिएसपी प्रदिपकुमार सिंह दुर्गा जानसक्ने सम्बन्धित सबै स्थानमा प्रहरीले खोजी जारी राखेको बताउँछन्।

उनले परिवारका सदस्य र छरछिमेकीसँग सोधपुछ समेत भएको बताए। ‘हामी लगातार उहाँको खोजीमा लागेका छौं’ डिएसपी सिंहले भने ‘कल डिटेल समेत निकालेर अनुसन्धान भइरहेको छ।’ वृत्तका अनुसार प्रहरीले दुर्गाले पत्रमा भनेजस्तै उनले कतै आत्महत्या गरिन् कि भनेर खोलानाला र जंगलमा समेत उनको खोजी भइरहेको छ। प्रहरीले परिवारका सदस्यलाई सँगै लिएर चोभार, थानकोट र सुन्दरीजलमा समेत दुर्गाको खोजी गरिरहेको छ।

प्रहरीका अनुसार दुर्गाले आफुसँग रहेको मोबाईल घरमै छाडेकी छन् । उनी सामान्य लुगामा छाता बोकेर घरबाट निस्किएकी छन् । उनले साथमा पैसा समेत नबोकेको परिवारका सदस्यले प्रहरीलाई बताएका छन्। प्राप्त चार पृष्ठ लामो पत्रमा आफू र छोरा श्रीमान् कपिल र सासु तथा परिवारका सदस्यबाट पीडित भएको उल्लेख गरेकी छन्। उनले पत्रमा श्रीमान् कपिलले छोरालाई कुटपीट गर्ने र आफूलाई समेत गाली गलौज गर्ने गरेको उल्लेख छ।

‘कलेजका स्टाफहरुलाई श्रीमती हो भनेर चिनाउन नहुने अनि छोरा जन्मेपछि त कसैले थाह पाउला जस्तो लुकाउनु पर्ने कसैले थाह पाउला कि चिन्ला भन्ने डर’ दुर्गाले पत्रमा लेखेकी छन् ‘म भोलीका दिन पागल जस्तै कसरी बस्नु त्यसैले पानीमा डुबुल्की लगाउँदै छु।’ पारिवारिक स्राेतका अनुसार कपिल शर्मालाई अमेरिकाकाे डिभी परेकाे थियाे। केही दिन अघिमात्र तिनैजनाले भिसा लिएका छन्। उनीहरू एक महिनापछि अमेरिका उड्ने तयारीमा थिए।

परिवारका सदस्यका अनुसार कपिल अमेरिका जान आतुर थिए। तरदुर्गा अमेरिका जान इच्छुक थिइनन्। दुर्गाका नजिकका नातेदार चिकित्सक कृष्ण आचार्य दुर्गा हराउनु केही दिनअघि पनि आफ्नी दिदीलाई फोन गरेर दुखेसो पोखेको बताउँछन्। उनले विवाह पछि दुर्गाले श्रीमान्को परिवारबाट मानसिक यातना पाउने गरेको उनले लेखेको विवरणले खुलस्त बनाएको बताए । ‘बहिनीको खोजीमा हामी परिवार जुटेका छौँ, प्रहरीबाट पनि सहयोग भइरहेको छ’ सम्पर्कमा आएका आचार्यले भने ‘कतै गएर बसेकी छन् कि कुनै दुर्घ टना भयो, चिन्तित छौँ।’

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...