हट फोटोप्रति आलोचना गर्नेलाई साम्राज्ञीले भनिन्, ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’



हाम्रो इकोनोमि

 

अन्तरङ्ग तस्विरको विषयलाई दिएर अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला सर्वत्र चर्चा छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको छ ।

 

रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।

 

केही दिनदेखि लगातार आफ्नोबारेमा आलोचना भएपछि अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

 

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्नेमाथि नेपाली उखान ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समय अगाडि बाली पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...