एउटा दुर्लभ संयोग परिवार नै एकैपटक यसरी भए चर्चित ।



हाम्रो इकोनोमि

 

 

अहिले नेपाली संचारमाध्यम र सामाजिक सञ्जालमा एउटा परिवारको चर्चा निकै चुलिएको छ । यस्तो संयोग कमै मात्रै जुर्छ । तिनै दुर्लभ संयोगले चर्चित परिवार हो, मकवानपुरका नेता विरोध खतिवडाको परिवार । यो परिवारवाट भाइरल भएका पात्रहरु हुन् विरोध खतिवडा, मुनु सिग्देल र शृंखला खतिवडा ।

 

श्रीमान्–श्रीमती विरोध खतिवडा र मुनु सिग्देल दुवै राजनीतिकर्मी हुन् । र, दुवै सांसद पनि हुन् । विरोध प्रतिनिधिसभा र मुनु प्रदेशसभा (३ नं प्रदेश)का सांसद हुन् । शृंखला खतिवडा विरोध र मुनुकी एक्ली छोरी हुन् । भनिरहनु पर्दैन की श्रृंखला २०१८ की मिस नेपाल र मिस वल्र्डकी चर्चित प्रतिस्पर्धी हुन् । यतिबेला यि तिनै जना चर्चाको शिखर चुमिरहेका छन् । विरोध र मुनु राजनीतिक कारणले चर्चामा छन् भने श्रृंंखला आफ्नो प्रेमी सार्वजनिक गरेका कारण चर्चामा छिन् ।

 

विरोध र मुनुको परिचय यतिमा मात्रै सिमित छैन । साउन ५ गते आइतवार बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले विरोध खतिवडालाई मकवानपुरको जिल्ला इन्चार्ज बनाउने निर्णय गरेको छ । उनकी पत्नि अर्थात मुनु सिग्देललाई नेकपाले यसअघि नै जिल्लाको अध्यक्ष बनाईसकेको छ । अर्थात श्रीमान् जिल्लाको इन्चार्ज, श्रीमती जिल्लाकी अध्यक्ष । यतिबेला सामाजिक सञ्जाल र संचारमाध्यमहरुमा उनीहरुको चर्चा चुलिएको छ । विरोधीहरुले विरोध दम्पत्तीको ब्यंग्यात्मक आलोचना समेत गरिरहेका छन् ।

 

यता विरोध र मुनुकी छोरी श्रृंखलाको चर्चा बाबु–आमाको भन्दा बढी छ । सामाजिक संजाल फेसबुक, ट्विटर र अनलाइनहरु श्रृंखलाको प्रेमिल खबरहरुले भरिएका छन् । तस्बिरहरु भाइरल बनेका छन् । उनी यतिबेला टर्कीमा छिन् । उनीसँगै छन् भ्लगर सिशन बानिया । सिशन सँगै खिचिएका श्रृंखलाका तस्बिरहरु अहिले भाइरल बनेका हुन् । ति तस्बिरमा दुवैले प्रेम भाव प्रकट गरेका छन् ।

 

सिशनले आफ्नो इन्स्टाग्राममा शेयर गरेको तस्बिरमा उनको काँधमा श्रृंखलाले टाउको राखेकी छिन् । सो क्रममा दुवैजना खुबै खुसी देखिन्छन् । कसैको काँधमा ढुक्कसँग टाउको राखेको भन्दै गहिरो अर्थ लगाउन थालिएको हो । अर्थात श्रृंखलाको यो तस्बिर सार्वजनिक भएपछि उनीहरू प्रेममा रहेको चर्चा ब्याप्त भएको हो । सिशनले मिस नेपाल प्रतिस्पर्धाको यात्राबाट श्रृंखलालाई साथ दिइरहेका छन् ।

 

तस्बिर मात्र होइन उनीहरू दुवैजना एकैसाथ रहेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । टर्कीको स्तानबुलमा तयार गरिएको उक्त भिडियोमा सिशन र श्रृंखला रमाइरहेको देख्न सकिन्छ । दुवै जना प्रेममा रहेको चर्चा चले पनि सार्वजनिक रुपमा भने उनीहरु बोलेका छैनन् ।

 

पदोन्नती तथा प्रेमिल प्रगति हासिल गर्न सफल खतिवडा परिवार चौतर्फी रुपमा शुभकामना र बधाई पाउन समेत सफल छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...