दुधमा मिसावट छ की छैन यसरी जाँच्नुस् आफ्नै भान्छामा



हाम्रो इकोनोमि

 

नक्कली र सक्कली दुध थाहा पाउने केही सजिलो उपाय हामीले यहाँ प्रस्तुत गर्न गएका छौं । दुध बालबालिका वा बृद्ध, युवा सबैलाई नभइ नहुने खाद्य पदार्थ हो ।

हामी सबैको भान्छामा पुग्ने दुध कत्तीको सुद्ध छ भनेर जान्नु उत्तीकै आवश्यक छ । तसर्थ अरू नसके पनि आम उपभोक्ताले आफू सचेत हुन भने अवश्य पनि सक्छन् ।

नक्कली दूधले लाभको सट्टा हानि गर्छ । यसकारण दैनिक उपभोगमा ल्याइने दूध शुद्ध छ कि छैन जाँच्नु आवश्यक छ ।

जाँच्ने कसरी त रु राम्रोसँग जाँच्न त प्रयोगशालाकै आवश्यक पर्ला तर पनि मोटामोटी रूपमा घरेलु तरिकाबाटै दूध शुद्ध भएनभएको थाहा पाउन सकिन्छ ।

सुँघेर : सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो गन्ध आएको छ भने त्यो सेन्थेटिक दूध हो भन्ने कुरामा थप जाँच गरिरहन आवश्यक छैन ।

चाखेर : थोरै काँचो दूधलाई हत्केलामा लिएर केही बेर रगडी जिब्रोमा लगाउने । यसरी लगाउँदा सक्कली दूध हो भने हलुका मिठास आउँछ ।

हत्केलामा रगडेर : नक्कली दूध हत्केलामा रगड्दा अलिअलि चिप्लोपन महसुस हुन्छ । दूध सक्कली छ भने त्यस्तो किसिमको चिप्लोपन थाहा हुँदैन ।

रंग हेरेर : सक्कली दूध उमाल्दा त्यसको रंग परिवर्तन हुँदैन तर नक्कली दूध हलुका पहेँलो बन्दछ । नउमालिकन त्यत्तिकै राख्दा पनि नक्कली दूधको रंगमा केही परिवर्तन देखा पर्छ ।

फिँजअनुसार : कतिपय अवस्थामा लुगा धुने सर्फबाट पनि नक्कली दूध बनाएका हुनसक्छन् ।

एउटा सिसाको पारदर्शी सिसीमा अलिकति दूध राखेर केही बेर हल्लाउँदा त्यसमा धेरै नै फिँज देखियो र त्यो निकै बेरसम्म रहिरह्यो भने पनि उक्त दूध नक्कली हो र त्यसमा वासिङ पाउडर मिसाइएको रहेछ भन्ने थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...