मिनि बसले ठक्कर दिँदा माइक्रोबस त्रिसुलीमा खस्यो, १३जना घाइते



हाम्रो इकोनोमि

 

चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । बिहान काठमाडौंका लागि हिंडेको सो माइक्रोबस बिहान ७:४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ । थाक्रे गाउँ पालिका–१ खयरवारि भन्ने ठाऊमा बा ५ ख ३१५१ नम्बरको सो माइक्रोबस दुर्घटना भएको हो । सो माइक्रोबसलाई मिनि बसले ठक्कर दिँदा त्रिसुलिमा खसेको थियो ।

 

सो माइक्ररोबस सडकबाट करिब ५० मिटर तल खसेको थियो । १३ जना यात्रु मध्य २ जनाको हात भाचिएको अनुमान प्रहरीले गरेको छ । सबै यात्रुको उद्दार गरि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । सबै यात्रु खतरामुक्त रहेको समेत प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...