‘यस्ता लक्षण देखिए भने सोच्नुहोस् तपाईंको सम्बन्ध टुट्नेवाला छ’



 

 

के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् ? के उनको नजरले अब तपाईको खोजी गर्दैन ? के तपाईलाई यस्तो लाग्छ कि अब उनी तपाईलाई नजरअन्दाज गर्दैछन् वा तपाईसँग बच्न चाहन्छन् ?

हुनसक्छ कि तपाईको पार्टनर यो रिलेसनबाट अब अघाइसेका छन् र अब उनी कुनै पनि हालतमा तपाईसँग रहन चाहदैनन् ।

यदि कोही तपाईसँग अलग हुने बिचार गर्दैछ भने उसको यो निचोडको असर उसको व्यवहारमा पनि देख्न सकिन्छ । यदि तपाईको पार्टनरको व्यवहार केही बदलिएको जस्तो लाग्दै छ अथवा तपाईलाई सबै कुरा सामान्यजस्तो लाग्दैन भने सम्झनुहोस् कि सबैथोक ठीक छैन ।

के उनको नजर तपाईमाथि पर्दैन ?

तपाईको जीवनमा पक्कै पनि त्यो समय थियो होला, जब पार्टनरको नजर निरन्तर तपाईमाथि पथ्र्यो । तर के अहिले त्यस्तो अवस्था बदलिसकिएको छ ? क्या अहिले उनी तपाईलाई प्रेमपूर्वक हेर्दैनन्÷हेर्दैनिन् ? यदि अवस्था यस्तो हो भने तपाई सोच्नुहोस् कि अब तपाईको पार्टनरको मन बदलिसकिएको छ । तपाईको रिलेशन खतरामा छ ।

कुरा गर्नबाट बच्न खोज्नु

के तपाईका पार्टनर अब तपाईसँग कुरा गर्नबाट बच्न चाहन्छन् ? यसको सीधा मतलव यो हो कि अब उनमा तपाईप्रति कुनै आकर्षण छैन ।

हो–हैनमा मात्र जवाफ दिनु

के तपाईले सोधेको प्रश्न तथा तपाईका जिज्ञासामा तपाईको पार्टनरले हो र हैनमा मात्रै जवाफ दिन्छन् ? यदि त्यस्तो हो भने सम्झनुहोस् उनको मनमा तपाईको विषयमा गलत बिचार विकास भइसकेको छ ।

रेस्पोन्स नगर्नु

के तपाईले फोन गर्दा पनि तपाईको पार्टनरले त्यसको रेस्पोन्स गर्दैनन् ? या उनले तपाईलाई रेस्पोन्स गर्नु जरुरी सोच्दैनन ? यदि यस्तो हो भने सजग हुनुहोस्, यो राम्रो संकेत हैन ।

तपाइँको पैतलामा यस्तो चिह्न त छैन ? यसो भन्छ ज्योतिष शास्त्र

ज्योतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो ।

तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ ।

यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ ।

समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।
त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन ।

जसको पैतालमा त्रिशुलको चिह्न छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिह्न हुन्छ ।

जसको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।

जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भए पनि धनको मतलव नगर्ने हुन्छन् ।

पैतालामा अंग्रेजी अक्षर ‘टी’ (T) जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निक्कै सफलता पाउँछन् ।

वास्तुशास्त्र भन्छ- गरीबी र दुर्भाग्य हटाउन यी कुरा घरबाट हटाउनुस् !

वास्तुशास्त्रमा यस्ता धेरै चीजहरूका बारेमा बताइएको छ जसलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ । तपाईंको पनि घर वा पसलमा यी कुरा छन् भने तिनलाई तत्कालै हटाइहाल्नुस् ।

तपाईंको अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ । वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन ।

घरमा परेवाले गुँड बनाएको छ भने त्यसलाई तत्कालै हटाउनुस् । यो घरमा भयो भने गरीबी आउँछ ।

घरमा माहुरीले गुँड लगाएको छ भने घरमा बस्ने मान्छेका लागि यो खतरनाक त हुँदै हो, यसले दुर्भाग्य पनि ल्याउँछ ।

घरमा माकुराले जाल बनायो भने त्यो पनि दुर्भाग्य ल्याउने एक कारण हो । यसलाई तत्कालै सफा गर्नुस् ।

वास्तुमा फुटेको शीशालाई एकदमै नराम्रो मानिएको छ । यसले गरीबीका साथसाथै नकारात्मक ऊर्जा पनि ल्याउँछ । यसलाई तत्कालै हटाउनुस् ।

भित्ता वा पर्खालमा चिरा प–यो भने तत्कालै टाल्नुस् । यसो गर्नुभएन भने दुर्भाग्य र गरीबी आउँछ ।

धारा चुहिने गरेको छ भने घरमा सकारात्मक ऊर्जा सबै हराएर जान्छन् । अनि पैसा पनि बढी नै खर्च हुन्छ । यसलाई ठीक गराइहाल्नुस् ।

घरका पुराना फुटेका कुरा हामी जम्मा गरेर राख्छौं । यो गलत काम हो । यस्ता सामान तत्कालै फालिदिनुस् । अझ छतमा त झन् थोत्रा सामान राख्नै हुँदैन ।

भगवानलाई बासी फूल कहिल्यै नचढाउनुस् । यसो गर्नुभयो भने गरीबी र दुर्भाग्य आइलाग्छ । पूजाकोठा सफा गरेर ताजा फूल चढाउनुस् ।

घरमा बोटबिरुवा रोप्नुभएको छ भने सुकेर झरेका पातहरू फाल्ने गर्नुस् । सुकेका पातले घरमा नकारात्मक ऊर्जा ल्याउँछन् अनि पैसाको कमी गराइदिन्छन् ।

मृत्यु भएका मानिस सपनामा देख्नु त हुन्न, कालसर्प योग हुनसक्छ

डा.उत्तम उपाध्याय न्यौपाने

तपाईको कुण्डलीमा कालसर्प योग छ या छैन भन्ने थाहा कुण्डलीमा ग्रहको स्थिति हेरेर पत्ता लाग्दछ तर कहिँलेकाँही जन्म, समय र तिथीको सही ज्ञान नभएर कुण्डली गलत हुन सक्छ यस्तो अवस्थामा कालसर्प योग छ या छैन भन्ने थाहा पाउँनको लागि केही विशेष लक्षणबाट पत्ता लगाउन सकिन्छ ।

कालसर्पको लक्षण

कालसर्प योगबाट पीडित व्यक्तिको सपनामा मृत्यु भएका मानिसहरु देख्ने गर्दछन् र प्राय: सपनामा देखिने व्यक्तिहरु आफ्नै परिवारका हुने गर्दछन् । यस योगबाट प्रभावित व्यक्तिको सपनामा आफ्नो घरको छायाँ देखिने र व्यक्तिलाई कसैले उसको शरिर र घाटीमा थिचिरहेको जस्तो आभाष हुन्छ त्यस्तै सपनामा नदी, ताल, पोखरी, समुन्द्र आदि देखिनु पनि कालसर्पको लक्षण हुन ।

ज्योतिषशास्त्रका अनुसार कालसर्पको योगबाट प्रभावित व्यक्ति समाज एवं परिवार प्रति समर्पित हुन्छन् तर आफ्नो निजी इच्छा प्रकट नगर्ने र आफ्नो सुखको पनि मतलव गर्दैनन् । उनीहरुको जीवन संघर्षले भरिपुर्ण हुने गर्दछ । विरामी भएको र अप्ठ्यारो परेको अवस्थामा एक्लोपन महशुस हुने र जीवन बेकार लाग्ने पनि कालसर्प योगको लक्षण हो ।

यदि तपाईको जीवनमा यस्तो अवस्था आएमा कालसर्पयोगबाट पीडित भएको हुनसक्छ । यस योगको पीडालाई कम गर्नको लागि यी उपाय गर्न सकिन्छ :

कालसर्प योगको कारण

कर्म र फलको कुरा सबै शास्त्र र धर्ममा बताइएको पाईन्छ । हामी जस्तो कर्म गर्दछौ त्यसै अनुरुपको फल मिल्ने गर्दछ । कालसर्प योगको पछाडी पनि यही मान्यता र धारणा छ ।

कालसर्प योग यस्तो व्यक्तिको कुण्डलीमा बन्दछ जसले पूर्व जन्ममा सर्प मारेको या कुनै असाहय जीवलाई धेरै पिडा दिएर त्यसको मृत्यु भएको हुन्छ ।

यस बाहेक यो पनि मानिन्छ कि जव व्यक्तिको प्रवल इच्छा अधुरो रहन्छ र आफ्नो इच्छालाई पुरा गर्नको लागी पुनर्जन्म लिन्छ भने त्यस्तो व्यक्तिको पनि कालसर्प योगको सामना गर्नु पर्दछ ।

कालसर्प योग शान्ति

कालसर्प योगको अनिष्टकारी प्रभावबाट बच्नको लागि शास्त्रमा बताईएको उपाय अनुसार प्रतिदिन पंचाक्षरी मन्त्र “ॐ नम शिवाय ” अथवा महामृत्युञ्जय मन्त्र १०८ जप गर्नु पर्दछ ।

कालो अकिकको मालाले राहु ग्रहको बीज मन्त्र १०८ पटक जप गर्नु पर्दछ, शनिवारको दिन पिपललाई पानी चढाउनु पर्दछ, नागपञ्चमीको दिन व्रत राखी नागदेवको पुजा गर्नु पर्दछ, मयूर पंखधारी भगवान कृष्णको पुजा गर्नु पर्दछ, शनिवार या पञ्चमी तिथीको दिन ११ नरिवल बगेको पानीमा प्रवाहित गर्नु पर्दछ ।

धातुबाट बनेको १०८ नाग/नागीनको जोडी बगेको पानीमा प्रवाहित गर्नुपर्दछ र सोमवारको दिन विद्वान पंण्डीतबाट रुद्राभिषेक गर्नु पर्दछ, कालसर्प गायत्री मन्त्रको जप गर्नु पर्दछ यि उपाय गर्नाले कालसर्प योगको अनिष्टकारी प्रभावमा कमी हुनेछ र यसको कारणबाट भविष्यमा आउने अवरोधको सामना गर्नु पर्दैन ।

कालसर्पको योगमा परेका व्यक्तिहरु सर्पदेखि डराउने हुन्छन् । उनीहरुलाई सर्पले डस्ने (टोक्ने) डर लाग्दछ। सपनामा शरिरमा सर्पले बेरिएको या सर्पको सपना आउनु पनि यस योगको लक्षण हुन । उचाईमा जाँदा डर लाग्ने, मनमा अशान्ति हुने, सुनसान स्थानमा जाँदा डर लाग्ने हुन्छ । अर्काइभबाट

केटाहरुको यस्तो फेशन केटीहरुलाई फिटिक्कै मन पर्दैन

तपाईं पुरुष हुनुहुन्छ भने फेशनसम्बन्धी यी गल्ती गर्नुभएमा महिलालाई प्रभावित गर्न सक्नुहुन्न ।

यहाँ हामी तपाईंलाई केटाले गर्ने फेशन मिस्टेकका बारेमा बताउँछौं जसका कारण केटीहरू भाग्छन् ।

उल्टो क्याप लगाउने केटालाई केटीहरूले मन पराउँदैनन् । गुण्डो जस्तो देखिन्छ उल्टो क्याप लगाउँदा ।

दुब्ला केटाहरूले ठूलो कपडा लगाएमा पनि केटीले मन पराउँदैनन् । खासमा दुब्लेहरूले मोटो देखियोस् भनेर ह्वाङ्ले लुगा लगाएका हुन् ।

झ्याप्ले दाह्री पाल्ने केटालाई पनि केटीहरू मन पराउँदैनन् ।

केटाले भुँडी देखिने छोटो शर्ट लगाउँदा पनि केटीले झुर मान्छन् ।

बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने केटालाई पनि केटीले मन पराउँदैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने केटा पनि केटीको नजरमा झुर ठहरिन्छन् ।

असाध्यै लामो वा एकदमै छोटो टाई लगाउने केटा पनि रद्दी मानिन्छन् ।

जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटा पनि झुर मान्छन् केटीहरूले ।

कुन राशि भएकाले कुन राशि भएकासँग प्रेम गर्ने ?

हिन्दूधर्म शास्त्र र ज्योतिष अनुसार राशीले धेरै कुरा निर्देशित गर्छ ।

राशी अनुसार तपाईको भाग्य र भविष्य तय हुन्छ । कुन राशी भएकाले कस्ता काम गर्दा फाइदा र कुन काम गर्दा घाटा हुन्छ ।

कुन राशी भएकासँग सहकार्य, व्यापार, प्रेम गर्दा जीवन सहज ढंगमा बढ्छ भन्ने पत्ता लगाउन सकियो भने त्यसले भावी जीवनलाई समेत राम्रो गर्छ ।

मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई छिट्टै फकाउन सक्ने क्षमता हुन्छ । मेष राशिमा जन्मनेहरू प्रायशः हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम दिगो भएको देखिंदैन । यिनीहरू कामुक र रोमान्टिक हुन्छन् ।

विछोडको पीडामा रुमल्लिएर जीवनलाई बर्बाद हुनबाट पनि जोगिने स्वभाव मेष राशिका जातकमा पाइन्छ ।

तपाईंको प्रेमी वा प्रेमिका मेष राशिको छ भने तपाईंले उसका लागि सामान्यतया रातो वा गुलाफी रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ ।

मेष राशिका व्यक्तिका निमित्त प्रायशः कन्या र बृश्चिक राशिको मित्रता दिगो हुन सक्दैन ।

कान्छी औंलाले खोल्छ व्यक्तित्वको रहस्य

तपाईंलाई आश्चर्य लाग्ला तर औंलाको लम्बाइ र आकारले व्यक्तिको स्वभाव कस्तो हुन्छ भन्ने बताइदिन्छ ।

प्रत्येक औंलामा तीन भाग हुन्छन् । यी भागका आधारमा व्यक्तित्वको जाँचपरख गर्न सकिन्छ । कुनै भाग लामो भयो भने अरू दुई भाग छोटा हुन्छन् ।

तपाईंको कान्छी औंलामा टुप्पोको भाग अधिक लामो छ भने तपाईंप्रति मानिसको अत्यधिक आकर्षण हुन्छ ।

तपाईंको कुरा गर्ने तरिकाले पनि मानिस प्रभावित हुन्छन् । तपाईं आफैं पनि मानिसलाई गहिराइका साथ जाँचपरख गर्न सक्नुहुन्छ ।

कान्छी औंलाको बीचको भाग टुप्पो र फेदको भागभन्दा लामो भएमा त्यस्तो व्यक्ति अर्काको हेरचाह गर्ने किसिमको हुन्छ । आफूभन्दा अघि अर्को व्यक्तिलाई उनीहरू ध्यान दिन्छन् । यस्ता मानिस दुर्लभ हुन्छन् ।

कसैको कान्छी औंलाको फेदको भाग सबभन्दा सानो छ भने त्यस्तो व्यक्ति सबैप्रति बफादार हुन्छन् । यस्ता मानिस गफगाफ गर्न जान्दछन् ।

कान्छी औंलाको तीनै भाग सानो छ भने पूरै औंला नै सानो हुन्छ । यस्तो व्यक्ति भीडमा हराउने किसिमका हुन्छन् । यिनीहरू भएनभएको कसैलाई थाहै हुँदैन । कम लोकप्रिय हुन्छन् यस्ता व्यक्ति ।

टुप्पो र फेदको भाग लामो अनि बीचको भाग छोटो छ भनृ त्यस्तो व्यक्ति अत्यन्तै जिद्दी हुन्छ । उनीहरू कुनै पनि किसिमको परिवर्तन मन पराउँदैनन् ।

सधैं सफल हुन्छन् प्रेमको मामलामा यी चार पुरुष

ब्रेकअफको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै सार्थी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलन्, जसको एक वा एकभन्दा बढीसँग ब्रेकअफ भएको होस् ।

गर्लफ्रेन्ड–ब्वाईफ्रेण्डको ब्रेकअफ हुनु त सामान्य नै हो । किनकी यसमा कुनै बाचा–बन्धन या समर्पण हुँदैन् । तर विवाहजस्तो मजबूत सम्बन्ध पनि छिनभरमै टुट्न लागेका छन् । सात जन्मको कसम खाए पछि पनि मासिनहरु सात महिला या सात वर्ष पनि साथ निभाउन मुश्किल मानिरहेका छन् ।

तर यस्तो किन ? एक पुरानो भनाइ छ, ‘मानिस प्रेममा अन्धो हुन्छ ।’ प्रेमका कारण मानिस सही र गलतजस्ता कुरालाई सम्झिन सक्दैन् र प्रेमलाई विवाहमा परिणत गर्न खोज्छ । तर विवाहका लागि आवश्यक आधार भने बनाउ सक्दैन ।

आचार्य चाणक्यले यस्ता केही कुराहरु बताएका थिए, जसले सम्बन्ध टुट्नबाट बचाउँछ । चाणक्यले पुरुषलाई ४ प्रकारमा व्याख्या गर्दै उनीहरु प्रेममा सधैं सफल हुने बताएका थिए ।

स्त्रीलाई सम्मान गर्ने पुरुष

यस्ता पुरुष जो सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् । प्रेमिका होउन् या पत्नी, यदि उनलाई सम्मान दिन्छन्, उनको महत्वलाई सम्झिछन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन ।

पराई स्त्रीलाई स्पर्श नगर्ने

यो गुण सबैभन्दा सर्वोपरी हो, जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अलावा कुनै पनि अन्य स्त्रीलाई वासनाको नजरले हेर्दैनन्, कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन् , उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् । र सक्षम पनि हुन्छन् ।

सुरक्षाको महशुष

जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महशुष गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यस्तो पनि भनिन्छ कि, हरेक स्त्री आफ्नो पतिमा आफ्नो पिताको छायाँ देख्छिन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् ।

शारीरिक शुख

वैवाहिक सम्बन्धमा शारीरिक शुख र सन्तुष्टिको आवश्यकता पर्छ । यसरकार जो पुरुषले भौतिक र भावनात्मक शुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं पसन्न रहन्छिन् । जसले सम्बन्ध प्रगाढ रहन्छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको