सुन तस्करसंग बार्गेनिङ गर्दै कैलालीका एसपि सुदीप गिरी
कैलाली जिल्लामा सरुवा भएर आएका एसपि सुदीप गिरीले सुन तस्करसंग बार्गेनिङ गर्ने गरेको रहस्य खुलेको छ । भारतबाट सुन तस्करी गरेर नेपाल ल्याउन सहयोग गरेको भन्दै गोदावरी नगरपालिका केही स्थानीय महिलालाई पक्राउ गरेर सार्वजनिक मुद्धा लगाए पछि सो रहस्य खुलेको हो । चोरी अभियोगमा पक्राउ गरेको भएपनि ति महिलाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएपछि अनुमानका आधारमा पक्राउ गरेको खुल्न आएको हो । आरोप चोरीको र मुद्दा सार्वजनिक यसैले प्रहरीको नियत प्रष्ट पारेको छ पक्राउ परेका महिलाका आफन्तले भने ।
भरखरै कैलाली सरुवा भएर आएका एसपी गिरीले ५ किलो सुनमा बार्गेनिङ गरीरहेको खुलेको हो । उनले सुन तस्कर लाई आफुलाई कति दिने भनेर बार्गेनिङ गरिरहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार एसपी गिरीले निर्दाेष महिलाहरुलाई समातेर अनुसन्धानका नाममा बार्गेनिङ गरीरहेका छन् । एसपी गिरीले सार्वजनिक मुद्धा लगाएर जिप्रका थुनेका महिलाहरुसंग समेत बार्गेनिङ गरिरहेका छन् । एसपी गिरिले थुनेका महिलाहरुको तस्करसंग साठगाठ रहेको र ल्याएको सुनको हिस्सा आफुलाई दिए थुनामुक्त चाडो गरिदीने बताउँदै आएको श्रोतले बताएको छ ।
महेन्द्रनगर गत असार २० गते सुन तस्करीमा संलग्न रहेको भन्दै गोदावरीका केही महिलाहरु लाई थुनामा राखेका छन् । थुनामा रहेका निर्देष महिलाहरु लाई चोरीमा संलग्न भन्दै मानसिक यातना समेत दिएको महिलाका आफन्तले बताएका छन् । बास्तविक सुन तस्करसंग मिलेर एसपी गिरीले चोरी गरेर ल्याएको सुन लाई नक्कली देखाएर एक केजी सुन झवाम् पारेको श्रोतको दावि छ । पछिल्लो समय भारतबाट कैलालीका विभिन्न नाका भएर सुनतस्करी बढेको बेला एसपि गिरीले तस्कर संग मिलेर सक्कली सुनलाई समेत नक्कली सुन बनाउने धन्धा चलाईरहेका छन् ।
एसपी गिरी कैलाली आएयता धनगढीमा हत्या, हिसां, बलात्कार, चोरी जस्ता घटनाले प्रसय पाइरहेको भन्दै शान्ती सुरक्षामा समेत खलल पुगेको स्थानीयहरुले बताउने गरेका छन् ।लागु औषधको खुलेयाम कारोवारले युवाहरु दलदलमा फसिरहेका छन् भने भारतबाट हुने अवैध तस्करीमा एसपी गिरीले तस्करसंग मोलमोलाई गरिरहेका छन् । कैलालीमा दिनदहाडै बम विस्फोट भैरहेका बेला एसपी बिष्ट सुन तस्कर संग मिलेर बार्गेनिङ गरीरहँदा प्रहरी प्रति जनताको विश्वास घटेको छ ।
अनुमानका भरमा प्रहरीले सुनतस्करी गरेको भनेर जिप्रका थुनेका महिलालाई प्रहरीलाई गालि गलौज तथा कुटपीट गरेको भन्दै प्रहरीले सार्वजनिक मुद्धा लगाएको छ । डिएसपी दक्षबहादुर बस्नेतले भने ति महिलाहरुले बहुमुल्य चोरीका सामानहरु नेपाल ल्याएर भागबण्डा गर्दा कुरा नमिलेर विवाद भएको सुचनाका आधारमा पक्राउ गरेको बताएका छन् । उनले बहुमुल्य घडी लगाएतका सामान समेत बरामद गरेर अनुसन्धान गर्न थुनामा राखेको बताए । तर उनीहरुलाई समाजमा शान्ती खलल गरेको भनेर सार्वजनीक मुद्धा लगाएको छ ।


