उकालोमा चढ्न नसकेर जीप ५० मिटर तल खस्यो, ३ जनाको मृत्यु ११ घाइते !



हाम्रो इकोनोमि

 

 

यात्रुले खचाखच भरिएको जीप दुर्घटनामा परेको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा जिप दुर्घटना भएको हो । कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

घटनामा ११ जना घाइते भएका छन् । जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ । जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको गाडी दुर्घटना हुँदा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

वामी मैदानबाट वामीटक्सार जाने क्रममा उक्त गाडी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडी मालिक मुसीकोट नगरपालिका ८ का ३० बर्षीय ठाकुर सापकोटा तथा सोही ठाउँकी ५५ बर्षीया पुतलीसिंह ठकुरीकोको मृत्यु भएको हो ।

मुसीकोट नगरपालिका ८ कै ५५ बर्षीया हरिकला कार्की र बाग्लुङ दगातुमडाडा घर भई वामी मैदानमा दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका छन् ।

उनीहरुलाई वामी मैदानस्थित शहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...