खुःशीको खबर इन्टरनेट देखि सबैले १३ प्रतिशत शुल्क बढाउँदा तर नेपाल टेलिकमले भने फेरी यस्तो सेवा थप्दै हेर्नुहोस् ।



हाम्रो इकोनोमि

 

 

साउन १ गते अर्थात भोली देखि लागु हुने गरी इन्टरनेटको शुल्क बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुले भोलिदेखि लागू हुने गरी इन्टरनेटको मूल्य वृद्धि गर्ने भएका हुन् । योसँगै उपभोक्तालाई इन्टरनेटको शुल्क १३ प्रतिशतले महङ्गो हुने भएको छ ।

 

सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि इन्टरनेटको शुल्क महंगो हुने भएको हो । गत बर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ ।

 

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको संघको दाबी छ । यस्तै, नेपाल टेलिकमले इन्टरनेट शुल्क बृद्धि नहुने स्पष्ट पारेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिरहेकै बेला टेलिकमको यस्तो अभिव्यक्ति बाहिर आएको हो ।

 

ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर इन्टरनेट शुल्क वृद्धि नगरिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले आज विज्ञप्ति जारी गरी जानकारी दिनु भएको छ । विज्ञप्तिमा इन्टरनेट शुल्क बढाउनुको साटो सेवाग्राहीलाई झन् बढी सहुलियत दिने उद्धेश्यका साथ समर अफर कार्यक्रम ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...