शान्तिपूर्ण राजनीति आउन तयार भए विप्लवसँग वार्ता हुन्छ : प्रवक्ता बास्कोटा



हाम्रो इकोनोमि

 

सरकारले नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव समूहसँग बार्ता हुने बताएको छ । मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहले बार्ता नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

 

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘बार्ताका लागि सरकार सदैव तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि बार्ता हुुँदैन ।’ उनले अघि भने, ‘मान्छे छाड्नु पर्ने , मुद्दा फिर्ता लिनुपर्ने । त्यसपछि बार्तामा आउँछौं भनेर हुँदैन ।’

 

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि बार्ता गर्ने मन्त्री बास्कोटाले प्रष्ट पारे । ‘सिके राउतझैं शान्तिपूर्ण राजनीतिमा आएर पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका आउनु हुन्छ भने वार्ता हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...