खर्तनाक रोग इबोलाले कंगोमा १६ सय जनाको मृत्यु, १० लाख भन्दा बढी मानिस बिरामी



हाम्रो इकोनोमि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात अन्तर्राष्ट्रियस्तरमा चासो दिइनु पर्ने जनस्वास्थ्य आपतकाल रहेको बताएको छ ।

डब्लुएचओले कंगोमा फैलिएको इबोला संकटलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको हो ।

इबोलाविरुद्धको अभियानका लागि सम्पन्न देशहरुले थप आर्थिक सहयोग गर्नु पर्ने देखिएको छ । डब्लुएचओको घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खुल्ला गर्ने अपेक्षा गरिएको छ ।

डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नु पर्ने अवस्था भने नरहेको उल्लेख गरेको छ । कंगोका इबोला ग्रस्त क्षेत्र भन्दा बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लुएचओको भनाई छ ।

इबोला महामारीका कारण कंगोमा अहिलेसम्म १६ सय जना भन्दा बढीको ज्यान गएको छ । यहि हप्ता गोमा क्षेत्रमा इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो । गोमा क्षेत्रमा १० लाख भन्दा बढी मानिसको बसोबास छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी क्षेत्रमा फैलिएको इबोला महामारीका कारण ११ हजार भन्दा बढीको ज्यान गएको थियो । कंगोमा पछिल्लो पटकको महामारी सन् २०१८ को अगस्टमा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...