यसरी बालुवाटार पस्दैछन विप्लव, रोक्न खोज्दै प्रचण्ड



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपालाई वार्तामा ल्याउन प्रमुख सत्तारुढ दल नेकपामा होडबाजी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवसँग वार्ता गर्न छुट्टाछुट्टै प्रयास थालेका छन् । तापनि विप्लवको घाँटीमा वार्ताको घण्टी बाँध्न दुवै नेता सफल भएका छैनन् ।

 

नेकपा स्थायी कमिटी सदस्य तथा प्रभावशाली नेता जनार्दन शर्मा केही दिनअघि भारतको बैङ्लोर पुगे । पुराना सहकर्मी विप्लवसँग वार्ता गर्ने उद्देश्यले उनी त्यता गएका हुन् । यसको सूचना प्रधानमन्त्री निवास बालुवाटार र गृह मन्त्रालयसम्म पुग्यो । भारत हिँडेका शर्मा पहिला नैनिताल पुगेका थिए । त्यहाँबाट उनी बैङलोर पुगेका थिए ।

 

प्रचण्डकै सल्लाहमा जनार्दन भारत गएको थाहा पाएपछि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र तथा पार्टी महासचिव विष्णु पौडेललाई नख्खु जेल पठाए । जहाँ विप्लव नेकपाका तेस्रो वरीयताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ छन् । महासचिव पौडेल र सुदर्शनबीच जेलरकै कार्यकक्षमा दुई घण्टा संवाद भयो ।

 

भक्तपुर र काभ्रेको बीचमा पर्ने एक होटलमा विप्लव पक्ष र सरकारी टोलीबीच वार्ता भएको सूचना बालुवाटारले बाँडेको थियो । विप्लव नेकपाले त्यसको खण्डन गरेको छ । ‘कुनै होटलमा सरकारी टोलीसँग हाम्रो वार्ता भएको छैन’, विप्लव नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ले एसकाठमान्डुसँग भने, ‘यो सरकारले चलाएको हल्ला मात्र हो ।’

 

सरकारले हुँदै नभएको वार्ताको हल्ला किन चलायो ? ‘यहाँ विप्लवलाई वार्तामा ल्याउने भन्दा वाहवाही कसले कमाउने भन्नेमा होडबाजी चलेको छ’, प्रचण्डनिकट एक नेताले भने । विप्लवसँग वार्ता थालेको जस लिन बालुवाटारबाट यस्तो हल्ला चलाइएको दाबी उनले गरे ।

 

प्रचण्डले वार्ता गर्न खोज्दा बालुवाटारले रोक्ने, बालुवाटार अघि सर्दा प्रचण्डले छेक्ने खेल चलिरहेको छ । सरकारी वार्ता टोलीका पूर्वसंयोजक सोमनाथ पाण्डे नेपाल–भारत सीमामा घुमिरहेका छन् । उनी विप्लव नेता खोज्दै नेपालगन्जबाट भैरहवा नाकासम्म पुगेका छन् । तापनि, उनले वार्ता गर्ने संयोग पाएका छैनन् । विप्लव नेकपाका स्थायी कमिटीका केही नेतासँग भेट गर्न उनी भारतीय सीमा नाकामा पुगेका छन् ।

 

गृहमन्त्री रामबहादुर थापाले विप्लवसँग वार्ता गर्न आफूनिकट नेता सूर्य सुवेदी ‘पथिक’लाई खटाएका छन् । विप्लवसँग वार्ता गर्न जनार्दन भारत पुगेको सूचना सुवेदीले नै बालुवाटारमा पुर्याएका थिए । उनी पनि विप्लवसँग वार्ता गर्न सरकारले चाहेको भन्दै सम्पर्कसूत्रसम्म पुगिरहेका छन् । तीन नेताका विश्वास पात्र जति घुमे पनि विप्लवको घाँटीमा वार्ताको घण्टी झुन्ड्याउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...