माधव नेपाल सहित चार मन्त्रीको टोली बाढी प्रभावित क्षेत्रमा



हाम्रो इकोनोमि

 

अविरल वर्षापछि आएको बाढीबाट पीडितहरूको अवस्था बुझ्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्रीसहितको टोली प्रदेश २ का जिल्ला अवलोकनमा निस्किएकाे छ।

बाढीपहिरोले पुर्‍याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्ला गएको हो ।

टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि छन् । टाेली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार बिहान मधेश झरेको हो ।

 

असार २७ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या देशभर झण्डै ७० पुगेको छ । हजारौं विस्थापित भएका छन् । राहत र उद्धारको अभावमा बाढी पीडितहरुले कष्टकर जीवन बिताइरहेका छन्। मन्त्रीको टोलीले बाढी र डुबानग्रस्त तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहालगायत जिल्ला भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...