नेपाली हिरोइनहरू किन डिभोर्स रोज्छन् ? यस्तो छ भित्रि कारण



हाम्रो इकोनोमि

 

‘डिभोर्स’ सहर र समाजमा प्रायः भइरहेका हुन्छन् । आम साधारण परिवारदेखि उच्च घरानीयामा पनि यो प्रक्रियागत हिसाबले कहिँ न कहिँ भइरहे पनि केहीले चर्चा पाउने गरेका छन् ।

खासगरी मनोरञ्जन क्षेत्रमा नाम कमाएकाको नीजि र पारिवारिक विषय र त्यसमा पनि डिभोर्सले व्यापक चर्चा पाउने गर्छ ।

हालै मात्र निर्माता छविराज ओझाविरुद्ध प्रहरीमा उजुरी गरेकी उनकी पत्नी शिल्पा पोखरेलले डिभोर्सका लागि प्रक्रिया थालिसकेको बताएकी छन् ।

मिडियामा खुलेर आएकी उनले आफूले निक्कै यातना पाएको भन्दै डिभोर्सको तयारी गरेको बताइन् उता ओझाले भने आफूले त्यस्तो यातना नदिएको प्रष्टीकरण दिइरहेका छन् ।

यो घटनाक्रम एकातिर भए पनि नेपाली हिरोइनहरूले डिभोर्स रोजेका कयन उदाहरण छन् । साधारण झगडा परेका कारण ओझासँगै यसअघि अभिनेत्री रेखा थापाले डिभोर्स गरेकी थिइन् । उनी एक्लै बस्छिन्, उनको अर्को बिहेको चर्चाले बेलामौका मिडिया गरमाउने गरेका छन् ।

अभिनेत्री प्रियंका कार्कीले पनि अमेरिकामा रहेका पूर्वपति रोचक मैनालीसँग डिभोर्स गरेकी थिइन् । उनको बिहेको तयारी भएको बताइएको छ । अभिनेता आयुष्मान देशराज जोशीसँग उनले ‘इन्गेजमेन्ट’ गरिसकेकी छन् ।

बिहे गरेको केही महिनापछि अभिनेत्री रिमा विश्वकर्मा एक्लै बस्न थालिन् । उनले पनि पतिसँग डिभोर्स गरेकी छन् । रिमा हाल रियालिटी शोदेखि विभिन्न कार्यक्रममा अभ्यस्त छिन् ।

कतिपय हिरोइनहरूले डिभोर्सपछि आफ्नो अर्को दाम्पत्य जीवन पनि बिताइरहेका छन् । यस मध्यमा पर्छिन्, पूजा चन्द ।

यस्तै अभिनेत्री संचिता लुइँटेलले पहिलो पतिसँगको डिभोर्सपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् । अहिले उनको दाम्पत्य जीवन बलियो र सुखमय रहेको छ ।

यी बाहेक धेरै नेपाली अभिनेत्रीले पारपाचुके र त्यसपछिका जीवन फरक ढंगले बिताइरहेका छन् । तर, अचानक डिभोर्स किन हुन्छ ?

फिल्मसम्बन्धी जानकारहरूका अनुसार फिल्म अभिनयका क्रममा प्रेम सम्बन्धमा पर्ने र त्यो परिपक्व नभई नै बिहे गर्ने प्रचलन छ । पछि बुझ्ने भएपछि उनीहरू स्वतन्त्र हुन खोज्छन् ।

कतिपयले व्यापारीसँग बिहे गर्ने र त्यसको केही समयपछि डिभोर्स गर्दै आएका छन् । महिलावादी अभियानकर्मीहरूका अनुसार अभिनेत्रीले बिहेपछि स्वतन्त्र रूपमा काम गर्न नपाउने वा अड्चन हुने गरेका कारणले डिभोर्सको बाटो रोजेका हुन सक्छन् । तर, उनीहरूका पूर्वपति र तिनका नातेदारले भने बिहे गरी एउटा उचाईमा पुग्ने र त्यसपछि छाड्ने ‘नियतबस’ हुने गरेको बताउँदै आएका छन् ।

 

नेपालमा मात्र नभएर बलिउड र हलिउडमा पनि हिरोइनहरूले यो प्रक्रियालाई जारी राखेका हुन्छन् । र, कतिपय भने जानाजान दोस्रो वा तेस्रो पत्नीका रूपमा पनि बिहे गरिरहेका घटना र विवरण बाहिर आउँछन् । मनोरञ्जनसम्बन्धी जानकार एक विश्लेषक भन्छन्,‘यस्तो घटनालाई पारिवारिक र सामाजिक परिवेशमा राखेर हेर्नु उचित हुन्छ । यो नितान्त व्यक्तिगत कुरा हुन् तर सेलिब्रिटी भएका कारणले दुनियाँसामु पुग्ने गर्छन् ।’

 

शिल्पा मिडियामा रुदा छवि पनि रोए ! डिर्भोस फाइल र कानको जाली फुटेको बास्तविकता यस्तो

 

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । सम्झौता भए पनि शिल्पा भने छविको घर फर्केकी छैन ।

आफुले शिल्पालाई घर फर्काएर मिलेर बस्न अझै कोशिस गरि रहेको बताउदै भने – ‘शिल्पा मेरो अन्तिम श्रीमती हो उसैको काखमा म मर्न चाहन्छु ।’

उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।

आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेमा भने उनले निकै दुःख व्यक्त गरे ।

छबी र शिल्पा दुवै जना मिडियामा आएका छन् । शिल्पाले मिडियामा आएर छबी माथि अनेक आ रोप लगाउदै आएकी छिन भने छबी श्रीमतिलाई घर फर्काउने कोशिसमा देखिन्छ ।

 

मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन भन्दै छवि ओझाले शिल्पालाई लेखे यस्ताे पत्र

चलचित्र निर्माता छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलाई घर फर्कन आग्रह गरेका छन् ।

निर्माता ओझाले सोमबार राती सामाजिक संजाल फेसबुकमा एक पत्र लेख्दै नायिका सिल्पालाई घर फर्कन आग्रह गरेका हुन् ।

छवि ओझाले शिल्पासँग सम्पर्क गर्न खोजपछि शिल्पाले भने छविसँग बोल्न नचाहेको पत्रमा उल्लेख छ।

शिल्पालाई भेटन निकै कोशीस गरेपनि सम्पर्क हुन नसकेपछि छवि ओझाले सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस भनी अनुरोध गरेका छन् ।

छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलबीच बोलचाल बन्द भएको छ । प्रहरीकहाँ सहमति भएको भनिएपनि शिल्पा भने छविको घर फर्केकी छैनन् ।

शिल्पाले सम्बन्धविच्छेदका लागि तयारी गरिरहेको बुझिन्छ ।

 

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।

अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन ।

मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो ।

म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...