अन्तत: शिल्पाले दिईन् डिभोर्स



हाम्रो इकोनोमि

 

 

नेपाली सिने नगरीमा यतिबेला बाघ निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको बिवादले तातेको छ ।

३ बर्ष अघि बिवाह गरे पनि मिडियामा नखुलेका छबि र शिल्पाबीचको सम्बन्ध अहिले आएर भने छताछुल्ल भएको छ । शिल्पामाथि छबिले चरम घरेलु हिंसा गरेपछि त्यो सहन गर्न नसकेकोपछि शिल्पाले प्रहरी नै गुहार्नु प¥यो ।

शिल्पाले आफुले बिवाह गरेको केही महिनामा नै छबिको असलीरुप देखेको तर आफनो घर परिवारको इज्जतको लागि र श्रीमान भएको नाताले पनि सहँदै आएको तर पछिल्लो पटक भने घाँटी थिचेर मार्न खोजेपछि उनले प्रहरी गुहारेकी हुन् ।

शिल्पाले छबिले आफुलाई नराम्रो बाटोमा नहिड्दा पनि शंका गर्ने , अश्लिल गालीगलौज गर्ने , कुटपिट गर्ने जस्ता हिंसा गरेको बताईन् ।

शिल्पाको उजुरीपछि प्रहरी कार्यालयमा उनीहरुबीच कुराकानी पनि भएको थियो । जहाँ उनले शिल्पासंग माफी मागेका थिए । तर छबिले माफी मागेपनि शिल्पा भने खुसी देखिएकी थिईनन् । नत छबिले शिल्पालाई घर लान पहल गरे नत शिल्पा नै खुसी देखिईन् । छबिले शिल्पालाई आफनो परिपक्ता देखाउँदै नत फोन गरे नत घर फर्कानउे पहल गरे ।

बरु उल्टै फेसबुकबाट समेत छबिले आफुलाई ब्लक गरेको शिल्पाले बताईन् । उनले ३ बर्षदेखि सहदै आएको तर अब नसक्ने भन्दै बाँकी कुरा कानुनी प्रक्रियामा जाने बताएकी थिईन् । अन्ततस् शिल्पाले छबिलाई डिभोर्स दिएकीछिन् ।

उनले छबिसंग अब असुरक्षाको कारण देखाउँदै संगै बस्न नसक्ने भन्दै डिभोर्स फाईल गरेकीछिन् । अब केही दिनमा नै डिभोर्सको अन्तिम निर्णय हुनेछ । शिल्पाले छबिसंगको सम्बन्ध बाहिरिएपछि आएको प्रतिक्रियाहरुमा पनि चित्त दुखाएकीछिन् ।

उनले छबिसंग पैसाको लागि बिवाह गरेको भन्नेहरुलाई उनले आफु हुने खानेकै छोरी भएको , र आफनो बुवा आमाको अरु सन्तान नभएकोले आफुलाई कसैको सम्पत्तिको कुनै लोभ नभएको भन्दै खण्डन गरेकीछिन् । यता छबिले भने शिल्पा आए श्रीमतीकोरुपमा स्वागत गर्ने यदि सम्बन्ध फेरी जोडिन नसके शिल्पापछि अरु बिवाह नगर्ने घोषणा नै गरेका छन् ।

फिल्म निर्माता छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलबीचको घर झगडा साम्य हुने कुनै संकेत देखिएको छैन ।युट्युब अन्तर्वार्ताहरूमा नायिका समेत रहेकी पोखरेलले रुदै ओझामाथि नानाथरी आक्षेपहरू लगाउन थालेकी छिन् । पोखरेलले युट्युब अन्तर्वार्तामार्फत संगिन आरोपहरू लगाएपछि ओझाले ती सबै आरोपहरू खारेज गरिदिएका छन् ।

घरझगडालाई पोखरेलले मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल बनाएपछि ओझाको मन कुडिएको छ । ओझाले कान्छी पत्नी पोखरेललाई न्याय दिने समेत बताएका छन् ।

 

नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । ओझाले आफ्नो गल्तीका लागि माफी मागिसकेका छन् ।नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान ओझाले हातपात गरेको दाबी आफ्ना अन्तर्वार्ताहरूमा गरेकी छिन् ।

 

ओझाले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको बताएका छन् । ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर पोखरेलसँग विवाह गरेको ओझाले बताउँदै आएका छन् ।

 

कान्छी पत्नी पोखरेलले नानाभाँती आक्षेप लगाएपछि ओझाले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् ? यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

 

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस्’, ओझाले भनेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।’

 

ओझाले आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पोखरेलले दिएको समेत बताएका छन् ।‘म फेरि पनि भन्दैछ, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनु, तपाईँले न्याय पाउनु हुन्छ’, ओझाले भनेका छन् ।

 

नायिका समेत रहेकी ओझाकी कान्छी पत्नी पोखरेललाई टीका लगाउने दाई विकास रौनियार र उनकी पत्नी सम्झाना उप्रेती रौनियारले उचालेको चर्चा छ । पोखरेललाई केही निर्माता र कलाकारहरूले समेत उचालेर घर भाँड्न थालेको आरोप लागेको छ ।

 

ओझासँग विवाह गर्नु अगाडि पोखरेलले पनि पहिलो विवाह गरेर पति छाडेकी थिइन् । यो कुराको पुष्टि स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा बताएका छन् । नायिका पाेखरेलकाे ओझा दाेस्राे पति हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...