इन्स्पेक्टर लामाले गरिन् कमाल, टोले गुण्डाकोे गयो सातो



हाम्रो इकोनोमि

 

राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने धन्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले पक्राउ गरेको छ । लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीले मंगलबार बिहान पक्राउ गरेकी हुन् । लामाका हरेक अराजक र गैरकानूनी क्रियाकलापबाट आजित बनेका सर्वसाधारणहरूको उजुरीपछि निरीक्षक गिरीले पक्राउ गरेकी हुन् ।

 

काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका ‘टोले गुण्डा’ लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई डर, त्रास र धाकधम्की दिएर महिनावारी उठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । महिनावारी नदिए मार्नेसम्मको धम्की दिँदै आएका लामालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । लामालाई प्रहरीले ०७२ चैत १० गते नेविसंघका नेताहरूलाई कुटपिट गरेको अभियोगमा मुद्धा चलाएको थियो ।

 

‘टोले गुण्डा’ लामा ०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल समेत परेका थिए । दरबारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत उनी पक्राउ परिसकेका छन् । प्रहरीले लामालाई निगरानीमा राख्दै आएको थियो ।

 

लामाले मुस्कान ब्यूटीपार्लर समेत सञ्चालन गर्दै आएका छन् । प्रहरीको सूचीमा ‘ग’ श्रेणीका ‘गुण्डा’ भनेर चिनिएका लामा काभ्रेको भीमखोरी गाविस–२ करम डाँडाका स्थायी बासिन्दा हुन् ।

 

सिनामंगल क्षेत्रका मेनपावरमा हप्ता असुली, धाकधम्की र सामान्य ठेक्कापट्टाको आवरणमा गुण्डागर्दी गर्दै आएका लामाले धाकधम्की दिएर हप्ता असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले कडा निगरानी बढाएको थियो । काठमाडौंका अबैध जुवा खालबाट पैसा लुटपाट गर्ने धन्दामा समेत लामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...