विदेशबाट आउँदा र जाँदा केके सामान ल्याउन र लैजान पाउँछन् ? हेर्नुहोस सूची सहित



 

सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । सरकारले २५ जेठ ०७३ को सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो ।

 

अर्थ मन्त्रालयका अनुसार भन्सार ऐन २०६४ को प्रावधानअनुसार यस्तो सूची सार्वजनिक गर्ने प्रचलन छ । आगामी आवको बजेटले घोषणा गरेका केही प्रावधान भने १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ ।

 

बजेटबाट सरकारले विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । ५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

 

विदेशमा बसेका नेपाली यात्रुले दुई सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर ल्याउन पाउने सुविधा दिइएको छ । त्योभन्दा बढी परिमाणको चुरोट ल्याएमा दोब्बर थप भन्सार लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

 

भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।

 

कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान (सवारी साधनबाहेक) स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने भएको छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएका सामान अन्य व्यक्तिका नाममा जम्मा वा नामसारी गरी छुटाउन भने नपाउने व्यवस्था गरिएको छ ।

 

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ । त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुने भएको छ । १ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने गरी वयवस्था गरिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।

 

विदेशबाट नेपाल आउँदा पूर्ण भन्सार छूट हुने वस्तुको सूची यस्तो छ-

लुगाफाटो, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक/एक थान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक/एक उपकरण/वस्तु, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म ।

 

विदेश जाँदा केके लैजान पाइन्छ ?

नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ । वायुसेवा कम्पनीले यात्रुलाई लैजान छुट दिएको तौलसम्मको नेपाली बजारमा खरीद गरिएका सामान लैजान चाहे कानून बमोजिम शुल्क र महसुल तिरेर लैजान पाउने व्यवस्था गरिएको छ ।

 

विमान चालक दलका सदस्यले सामान ल्याउन नपाउने

विमानको चालक दलका सदस्यले आफ्नो निजी प्रयोजनमा प्रयोग हुने सामान बाहेक कुनै पनि सामान ल्याउन नपाउने व्यवस्था सरकारले गरेको छ ।

 

स्थल सीमामा छूट नपाउने

सीमानामा ओहोर दोहोर गरिरहने व्यक्तिका लागि भने यी छुट र सहुलियतका कुनै पनि प्रावधान लागु नहुने मन्त्रालयले स्पष्ट पारेको छ । तर, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि भने साथमा लगेको वा ल्याएको एक थान ल्यापटप वा कम्प्युटरमा भने महसुल नलाग्ने उल्लेख गरिएको छ ।

 

जहाजबाट आउने-जाने यात्रुले बोक्न पाउने सामान

दूरविन, ट्यावलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा, पोर्टेवल म्युजिक सिस्टम एक/एक थान, लुगाफाटा, वरबिच्छ्यौना, घर गृहस्थीका सामान, घडी, साइकल, पेराम्बुलेटर र ट्राइसाइकल, सेलुलर मोवाइल एक/एक  थान, ५० ग्रामसम्मको सुनको गहना र १ सय ग्रामसम्मको चाँदीको गहना, पेशाकर्मीले आफूले गरी आएको कामका निम्ति ल्याएको उपकरण/सामान

 

राहदानी बोकेका विदेशी यात्रुले ल्याउन र लैजान पाउने सामान

एक लिटरसम्मको मदिरा वा १२ क्यानसम्म वियर, चुरोट २ सय खिल्ली, सिगार ५० खिल्ली, टोबाको २५० ग्राम, १० हजार रुपैयाँ मूल्यसम्मका औषधि (निषेधितबाहेक), ५ हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा, २ हजार रुपैयाँसम्मका फलफूल, नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालवस्तु ।

प्रतिक्रिया दिनुहोस
मीनबहादुरलाई धन्यवाद भनौं, दानको जग्गा फिर्ता गरौं : एमाले नेता

    व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा

भूकम्पले ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए

  तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस