बिहानको समयमा शारिरीक सम्पर्क गर्दा हुने फाइदाहरु यस्ता छन्



हाम्रो इकोनोमि

 

 

सेक्स गर्ने निश्चित समय छैन । यति नै बेला सेक्स गर्नुपर्छ भन्ने किटानी त छैन । तर पनि उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुने र विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्ने गर्दछ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने लेखाजोखा त छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

बिहानको सेक्समा कसरी मजा लिने ?
समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा रमाइलो हुने विभिन्न अनुसन्धानबाट खुलेको छ । बिहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?
बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

३ देखि १३ मिनेटको सेक्स पर्याप्त
घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...