किन महिलालाई बढि हुन्छ डिप्रेशन हेर्नुृहोस् ।



हाम्रो इकोनोमि

 

 

भन्न त भन्छौं, रोगले धनी-गरिब भन्दैन । ठूलो-सानो भन्दैन । महिला-पुरुष भन्दैन । तर, कतिपय रोगले कुनै वर्ग विशेषलाई, कुनै लिंग विशेषलाई बढी सताउँछ । यस्तै समस्या हो, डिप्रेसन । डिप्रेसन जो कोहीलाई हुनसक्छ । धनी गरिब, वयस्क-बच्चा, पुरुष- महिला । यसमा अहिलेको हाम्रो जीवनशैली जिम्मेवार छ ।

 

जीवनशैलीले हाम्रो जीवनमा धेरै सकारात्मक कुराहरु ल्याएको छ भने साथसाथै नकारात्मक कुराहरु पनि आएका छन् । व्यस्त जीवनशैली, आफ्नो परिवारको लागि समय नहुनु, भावनाको कमि, सामाजिक सञ्जालमा अल्भिmरहनु जस्ता अनेक कुराले ठुला सँगसँगै स-साना बालबालिकालाई पनि असर पारेको छ । प्रतिस्पर्धात्मक सोचाइका कारण आजभोलि मानिस आफ्नो स्व्ाास्थमा ध्यान नै दिदैनन् । यसको साथै काम र पढाईमा प्रेसर बढ्नुको कारणले पनि युवाहरु डिप्रेसनको शिकार हुन थालेका छन् ।

 

डिप्रेशनको मुख्य कारण काम, पढाईको तनाव, धेरै भन्दा धेरै पैसा कमाउने इच्छाहरु आदि हुन् । डिप्रेशनका कारण धेरैले आफ्नो ज्यान समेत गुमाएका छन् । त्यसैले यहाँ डिप्रेशन कसरी बढ्छ र यसलाई कसरी कम गर्ने भन्ने बारेमा केही जानकारीहरु उल्ल्ोख गरिएको छ ।

 

के हो डिप्रेशन ?

हरेक व्यक्ति कुनै न कुनै कारणले गर्दा उदास हुनु सामान्य कुरा हो । तर, धेरै समयसम्म उदास रहिरहने हो भने त्यो डिप्रेशनको संकेत हो भनेर बुझ्दा हुन्छ । डिप्रेशन एउटा त्यस्तो मानसिक विकार हो, जसको कारणले मानिसलाई केही पनि रमाइलो लाग्दैन्ा । उसलाई आफ्नो जीवनमा दुःख बाहेक केही छैन भन्ने लाग्न थाल्छ । यस्तो सोचाईका कारण उसले बाच्ने कुनै आधार नै पाउँदैन ।

महिलाहरुमा बढि डिप्रेशन

विश्व स्वास्थ संगठनको रिपोर्ट अनुसार डिप्रेशनको सम्भावना पुरुषभन्दा महिलालाई बढि हुन्छ । अहिलेको आधुनिक समयमा महिलालाई घर-परिवार सँगसगै करियर र अन्य जिम्मेवारीहरु हुन्छन् । अफिसमा छुट्टी भएको दिनमा पनि महिलाले घरको काम गर्छन्, जसको कारण उनीहरुलाई आराम गर्ने समय हुँदैन्ा । महिलालाई डिप्रेशन हुने अर्को कारण हार्मोनको परिवर्तन पनि हो, जसको कारण महिला डिप्रेशनको शिकार बन्न पुग्छन् ।

किन डिप्रेशन हुन्छ ?

कामकाज र पढाईको कारण आजका युवाहरुलाई जुन प्रकारको दवाव र डिप्रेशन बढेकेा छ , त्यहि कारणले गर्दा आज धेरै युवाहरु गलतमा बाटो हिँड्न बाध्य भएका छन् । अफिसमा कामको दवाव बढ्नु र त्यसमा सफल नहुनु पनि डिप्रेशनको कारण बन्छ ।

डिप्रेशनबाट हुने हानी

हरेक समय हुने डिप्रेशनले शरीरलाई हानी पुर्‍याउँछ, जसमा हरेक समय हुने चिडचिडापन, छिट्टो रिस उठ्नु, नीद्रा नलाग्नु जस्ता कुराहरु हुन्छन् । डिप्रेशनबाट ग्रसित ब्यक्तिलाई हट अट्याक आउने सम्भावना बढि हुन्छ ।

डिप्रेशनबाट बच्चालाई कसरी जोगाउने ?

-नकारात्मक सोचबाट सकेसम्म टाढा राख्नुहोस् ।
-वर्तमानमा बाँच्न सिक्नुहोस् ।
-फुर्सदको समयमा आफुलाई खुशी राख्ने कोशिश गर्नुहोस् ।
-पुरा निद्रा सुत्नु आवश्यक छ, तर आवश्यकताभन्दा बढि पनि सुत्नु हुँदैन । समयमा सुत्ने र उठ्ने बानी गर्नुपर्छ ।
-साथी-भाइ र परिवारसंग बढि समय बिताउनु पर्छ ।
-कपालको मसाज गर्ने तथा स्टीम बाथ लिनु पर्छ । यसले शरीरमा आराम हुँदा दिमागमा पनि राम्रो असर हुन्छ ।
-नियमित योगा गर्नु पर्छ । डिप्रेशनबाट मुक्ति पाउन योगा गर्नु राम्रो उपाय हो ।
-साना बालबालिकालाई पनि खेलकुदमा व्यस्त बनाउनुपर्छ । यसो गर्दा शारीरिक रसायनको सन्तुलन भैरहन्छ र डिप्रेशन हुन पाउँदैन ।
-सबै उमेरका व्यक्तिले प्रकृतिसँग केहि समय बिताउनु पर्छ । सूर्यको किरण, ताजा हावा र खुल्ला आकाशले तपाईंलाई आनन्दको अनुभव गराउँछ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...