मरेकी छोरी जव काठमाण्डौको कोटेश्वरमा हिड्दै गर्दा भेटिएपछि



हाम्रो इकोनोमि

 

चैतको अन्तिमतिर डडेल्धुराबाट धनगढी हुँदै अमरगढी २ आइतेबजारकी निर्मला थापामगर परिवारलाई खबर नगरी काठमाडौं आउँछिन् ।

काठमाडौं आएर होटलमा काम सुरु गर्छिन् । सम्पर्कबिहीन भएपछि सीतालाई परिवारले खोज्न सुरु गर्छ । कतै नभेटिएपछि निर्मलाको परिवार काठमाडौं आउँछन् । काठमाडौं आएका निर्मलाको परिवारले प्रहरीमा उजुरी गर्छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार निर्मलाको परिवारले जेठको दोस्रो हप्तातिर परिसरमा उजुरी हालेका हुन् ।

खोज्ने क्रममा प्रहरीले निर्मलाले चलाउने पुरानो नम्बरको आधारमा नयाँ नम्बर पत्ता लागेको उनले बताए । नम्बर पत्ता लागेपछि प्रहरीले निर्मलाको परिवारलाई बोलाएर फोन गर्न लगाउँछन् ।

निर्मलाको बाबुले ९८१३९०….नम्बरमा फोन गरेलगत्तै रिसिभ हुन्छ । संवादको क्रममा उत्तताबाट ‘म कल्पना खड्का’ हो भन्ने जवाफ आउँछ ।

अनि निर्मलाको बाबुले मेरो छोरी खोई त भनेर प्रश्न गर्छन । फोन संवादकै क्रममा म तपाईको छोरीको साथी हो । हामी बनेपामा ३/४ जना सँगै बस्छौं । एकदिन मर्निङवाक जाँदा छोरीलाई ट्याक्सीले ठक्कर दिएको कुरा बताउँछिन् ।

ट्याक्सीले ठक्कर दिएको कुरा सुनाउने बित्तिकै सीताको परिवार त्रसित बन्छ । फोन संवादकै क्रममा उनले ‘तपाईंकी छोरीको उपचारको क्रममा बनेपास्थित शान्ति प्रिया अस्पतालमा मृत्यु भइसकेको’ भन्छिन् । झन निर्मलाको परिवार त्रसित हुन्छ ।

फेरि ती युवतीले परिवारसँग सम्पर्क हुन नसकेको कारण शव आफूले नै बुझेर दोलखाको लापिलाङ भन्ने ठाउँमा लगेर दाहसंस्कार गरेको भन्छिन् ।

प्रहरीले पनि फोन गर्छ । त्यही कुरा भन्छिन् । त्यसपछि प्रहरीलाई शंका लाग्छ – अर्काकी छोरीको शव उनीहरुले कसरी बुझे ? कहाँ लगेर जलाए परिसरले त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे पुगेर ट्याक्सी दुर्घटनामा मृत्यु भए/नभएबारे बुझ्छ । बुझ्दा न ट्याक्सी दुर्घटनामा मृत्यु भएको पाउँछ न बनेपामा शान्ति प्रिया अस्पताल नै भेट्छ ?

घटना यसरी मोडिन्छ… घटनाबारे प्रहरीले फरक तरिकाले अनुसन्धान थाल्छ । कल लोकेशनको आधारमा प्रहरीले ती युवतीलाई खोज्न सुरु गर्छ ।

‘शुक्रबार साँझ ती युवती कोटेश्वर चोकमा हिँडिरहेको पाइयो,’ परिसरका प्रवक्ता बोगटीले भने, ‘तत्कालै परिसरबाट टोली खटाएर ती युवतीलाई पक्राउ गर्यौं ।’

बाबुलाई देखाउँदा आफ्नै छोरी : सीताको परिवारलाई छोरीको दुर्घटनामा मृत्यु भयो भनेर बताउने ती युवती पक्राउ गरिसके पछि प्रहरीले निर्मलाको बाबुलाई परिसर बोलाउँछ । परिसर आएर बाबुले हेर्दा ती युवती आफ्नै छोरी हुन्छिन् ।

फोनमा उनले आवाज परिवर्तन गरेर बोल्ने गरेको डीएसपी बोगटीले बताए । निर्मला कोटेश्वमा कोठा भाडा लिई एक रेष्टुरेन्टमा काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । निर्मलाले आफ्नै परिवारलाई मरेको भनेर किन भनिन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...