पुरुषबाट महिला बनेकी चञ्चला विहे गर्ने योजनामा



हाम्रो इकोनोमि

 

थाइल्लेन्डमा गएर केही महिना अगाडी ‘सेक्स चेन्ज, अप्रेसन गरेपछि चञ्चला सुब्बा लाई अब कसैले पनि पुरुष हो भन्नै सक्दैन । विराटनगर विमान स्थ्लमा पत्रकारसंगको अचानक भेटमा सुब्बाले मुस्कुराउदै भनिन्,‘ रु १६ लाख रुपैयाँ खर्च गरेर थाइल्लेन्डमा गएर लिंग परिवर्तन गरे,।

सुब्बा तेस्रोलिंगीहरुको हकहितमा कामगर्दै आएकी सुब्बाले थाइल्लेन्डमा गएर स्तन र योनीको दुवैको अप्रेसन गरेको बताइन् । चञ्चला सुब्बाका अनुसार दुवै अंग एकै चोटी शल्यक्रीया गर्दा गम्भिर हुने भएको चिकित्सवको सल्लाअनुसार पहिले स्तनको अप्रेसन गरियो । ६ लाख रुपैयाँमा खर्चेर सुब्बाले स्तनको अप्रेसन भयो ।

छातीको घाउ पुरिन थालेपछि उनले १० दिनपछि योनीको अप्रेसन गराइन् । स्तन र योनीको दुबैको अप्रेसन सफल भएपछि नयाँ जुनि पाएको उनको भनाइ छ । आत्मविश्वासको साथ बाच्न पाउने बल्ल भयो भन्ने भएपछि पीडा, आर्थिक सबै विर्सेको उनले प्रतिक्रिया दिइन् ।

आठ घण्टाको समयपछि सफल सल्यक्रिया भएको उहाँले बताउनु भयो । उहाँँका अनुसार अप्रेसनमा लिंगको मासु र अण्डकोष झिकिल्दो रहेछ । अप्रेसन गर्दा नसा चाही कुनै पनि खेर जान नदिएर त्यसलाई त्यही वरिपरी छालामा संयोजन गरी भेजिनाको आकार दिइएको उहाँको भनाई छ । उहाँले भन्नु भयो,‘ सफल अ्रपेसन पछी पूर्ण रुपमा महिला भएको महसुस गरको छु , ।उहाँका अनुसार नेपालबाट पनि थुप्रै अप्रेसन गर्न जाने गरेको उहाँले बताउनु भयो ।

तर, आफुजस्तो पुर्ण रुपमा खुलेर समाजमा आउन नचाएको उहाँको भनाई छ । लिंग परिवर्तनको सपना पुरा भएकोले आफुलाई बुझने समय मिल्यो भने बिवाह गर्ने योजनामा उहेको उहाँको भनाई छ । धेरै जसो तेस्रोलिंगीको इच्छा हुने गर्दछ लिंग परिवर्तन गर्ने । तर, बढी नै खर्चिलो हुने भएको कारणले उनीहरुको इच्छा पुरा हुन नसकेको चञ्चलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...