बाेलेराेले ठक्कर दिदा धादिङ गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल घाइते



हाम्रो इकोनोमि

 

धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गर्नुभएका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उहाँ घाइते हुनुभएको छ ।

धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

बोलेरो जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको ठक्कर दिएपछि पनि बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन्

। उक्त दुर्घटनापछि पनि उक्त जीप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताउनुभयो । मोटसाइकलमा सवार भएका व्यक्तिले गाडीले ठक्कर दिएपछि अर्कोपट्टि लडेका कारण आफूहरु बाँच्न सफल भएको बताउनुभयो ।

घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै ट्रमा अस्पतालमा पठाइएको छ । दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...