भदौमा रेनोले ल्याउँदै २ नयाँ मोडल, यस्ता छन् विशेषता



हाम्रो इकोनोमि

 

नाडा अटो शो २०१९ आउन डेढ महिनामात्र बाँकी रहेको छ । यस्तोमा कुन कम्पनीले के के बजारमा ल्याउँदै छन् भन्ने जानकारी दिने प्रयास हामीले गरिरहेका छौं ।  आज हामी नाडा अटो शोमा रेनो कम्पनीले कुन– कुन उत्पादन नेपाल ल्याउने तयारी गरेको छ भन्ने उल्लेख गरेका छौं ।

 

नेपाली बजारमा रेनोका उत्पादन एड्भान्स अटोमोवाइलले बिक्री गर्दै आएको छ । कम्पनीले अहिले बजारमा रेनो डस्टर, क्वीड, क्याप्चर मोडलको बिक्री गर्दै आएको छ भने नाडा अटो शो २०१९ मा डस्टर फेसलिफ्ट २०१९ र ट्राइबर सार्वजनिक गर्दैछ । कम्पनीको ट्राइबर एक नयाँ मोडल हो भने डस्टर फेसलिफ्ट मोडल हो । यी दुबै मोडल फिचर र विशेषता यस प्रकाररहेका छन् ।

 

ट्राइबर

रेनोको ट्राइबर एमपीभी सात र पाँच सिटर अप्सनमा उपलब्ध हुने ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसन सहित बजारमा आउने छ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन लगाइएको अनुमान गरिएको छ ।

 

उक्त इन्जिनले ९० बीएच पावरका साथै ११० एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध हुनेछ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।

 

यसलाई एलबीए कोड नेम दिइएर उत्पादन गरिएको हो । सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीड बेस्ट ट्राइबर कारको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । सो कार इन्ट्रिलेभल ह्याचब्याक क्वीडमा आधारित हुनेछ ।

 

रेनो डस्टर फेसलिफ्ट

रेनोले भारतीय बजारमा परिमार्जित नयाँ रेनो डस्टर सार्वजनिक गरेको छ । कम्पनीले फेलिफ्ट डस्टरको डिजाइन, हेडल्याम्प र फ्रन्ट लुकमा परिमार्जन गरिएको देखिएको छ ।

 

एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प सहित फ्रन्ट बम्परमा पनि ठूलो बदलाव गरिएको छ । नयाँ रुफ रेल्स, नयाँ डिजाइनको अलोए ह्विल, नयाँ सिट फेब्रिक, अपडेटेड इन्फोटेन्टमेन्ट सिस्टम, लगाएतका फिचर्सले डस्टरलाई दमदार देखाएको छ । सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, स्पीड वार्निङ, र एबीएस सबै भेरियन्टमा समावेस हुने कम्पनीले जानकारी दिएको छ ।

 

यसमा पुरानो मोडलमा दिएजस्तै १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...