बनेपामा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने विज्ञान शिक्षक पक्राउ



हाम्रो इकोनोमि

 

 

बनेपामा सिरिन्ज आक्रमण गर्दै गर्दा एक युवक रंगेहात पक्राउ परेका छन् । बनेपाको चारदोबाटोमा युवतीमाथि सिरिन्ज हान्दै गर्दा स्याङ्गजा वालिङ्गका शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

सरस्वती माध्यमिक विद्यालय स्याङ्गजा वालिङ्गका शिक्षक पाठक काभे नमोबुद्ध नगरपालिका भकुन्डेका स्थायी बासिन्दा हुन् ।

उक्त सरकारी स्कुलका विज्ञान विषयका शिक्षक रहेका पाठकलाई स्थानियहरुले आक्रोशित हुँदै कुटपिट समेत गरेका थिए । त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण गरेको स्वीकारेका छैनन् ।

बँदेलको पेटमा यस्तो एउटा चिज भेटाए जसले बनायो उनलाई एक झड्कामा करोडपति

चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो ।

यो विचित्रको चीजलाई उनले संभालेर राखे ।एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।

सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो ।

चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...