किन एक महिलाले चार सन्तान सप्तकोशीमा बगाइन् र आफू पनि बगिन् कारण यस्तो



हाम्रो इकोनोमि

 

आफ्ना चार सन्तानलाई सप्त कोशीमा बगाएर एक महिला आफू पनि शनिबार नदीमा हामफालेकी छन् ।

प्रहरीका अनुसार खातुन सप्तरीको हनुमाननगर कंकालिनी १ बाट तीन छोरा र एक छोरीलाई नदीमा फालेर आफू पनि हामफालेकी थिइन् । खोजीमा प्रहरी परिचालित भएको छ ।

त्यसरी हामफाल्नेमा ३५ वर्षीया रोशना खातुन छिन् । उनका एक छोरा बगेर नदी किनारामा तैरिएपछि उनले स्थानीयलाई घटनाबारे खबर गरेका थिए । स्थानीयले प्रहरी बोलाए ।

प्रहरी र स्थानीय उद्धारमा जुटे । खातुनलाई घटनास्थलभन्दा तीन किलोमिटर तल कोशी नदीमा काम गर्ने मजदुरले उद्धार गरेका थिए ।

झ्याङ्गमा अड्किएको अवस्थामा उनको उद्धार भएको हो । उनको भारदहस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । १२ र सात वर्षका छोरा र दुई वर्षीया छोरी बेपत्ता छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी डीएसपी मकेन्द्रकुमार मिश्रले महिलाका श्रीमान सम्पर्कमा आएको बताए ।

मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । स्थानीय छिमेकीहरुका अनुसार श्रीमान मोहम्मद तैयव अर्की महिलासँगको सम्बन्धमा रहेका कारण घरमा खटपट भएको थियो ।

सोही कारण श्रीमानले उनलाई असह्य पीडा दिन थाले । श्रीमानबाट आजित भएर रोशना जनकपुरको वीरेन्द्रबजारस्थित माइतीको शरणमा गइन् ।

तर, माइती पक्षले समेत जस्तो कठिनाई भए पनि घरमै बस्नुपर्ने भन्दै फिर्ता पठाइदियो । उनले आफ्नो जाने ठाउँ कहीं नदेखेपछि घर जानुको साटो सप्तकोसीमा हामफालेको प्रहरीको प्रारम्कि अनुसन्धानले देखाएको छ ।

हामफाल्नुअघि उनका बालबालिका भोक लागेर खाने कुरा माग्दै रोएका थिए । उनले साँझपख छोराछोरीका लागि नास्ता किनेर खुवाएकी थिइन् ।

खातुनको १४ वर्षअघि सिरहा गोलबजारका नगरपालिका ८ गोविन्दपुरका तयवसँग मागी विवाह भएको थियो । हराइरहेका तीन बालबालिकाको खोजीमा प्रहरी र गोताखोर टोली परिचालन गरिएको छ ।

यद्यपि सप्तकोशीमा पानीको बहाब उच्च रहेका कारण खोजीकार्य प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...