कस्तो अचम्म घर किन्दा श्रीमती सित्तैमा पाइने



 

सामान्यतया हामीले आफूसँग भएको कुनैपनि कुरा बेच्दा ग्राहकलाई आकर्षण गर्नको लागि विभिन्न सुविधाहरु उपलब्ध गराउँछौँ ।

अझ आजभोली त एउटा किन्दा अर्को सित्तैमा भन्ने नियम नै लागू भएको छ । तर अहिले सामाजिक सञ्जालमा यस्तो समाचार भाइरल भएको छ जसले पुरा विश्व नै चकित परेको छ ।

इण्डोनोशियाकी एक महिलाले आफ्नो घर बेच्न लागेकी छिन् । उनले त्यस घर विक्रीका लागि घर किन्दा श्रीमती सित्तैमा भन्ने विज्ञापन गरेकी छिन् । यो सुन्दा सबैको होस उडेको छ । ती महिलाले आफ्नो घर जुन पुरुषले किन्छ आफू उसको श्रीमती बन्ने बताएकी छिन् ।

घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

गोप्य अंगमा धान रोप्ने ‘धानवाली’ ले खोलिन यस्तो रहस्य !

काठमाडौं । विगत केही दिन देखि सामाजिक सञ्जालमा एक तस्वीर निकै चर्चित भइरहेको छ । असार १५ मा धान दिवस मनाइरहँदा एक युवती एकाएक चर्चामा आइन् ।

ती युवतीले आफ्नै शरीरमा धानको बीउ रोपेर फोटोशूट गराएकी थिइन् । उनको फोटोशूट सामाजिक संजालमा निकै भाइरल भयो । यससँगै उनी को हुन् भन्ने चासो पनि बढ्यो । तर अब पिर गर्नुपर्दैन किनभने हामी यस बारेमा जानकारी दिन गइरहेका छौ ।

यी युवतीको नाम रितिका जिरेल हो । उनी पेशाले एक मोडल हुन् । एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आइतबार धान दिवसको अवसरमा आफ्नै शरीरका गोप्य अंगमा धान रोपेकी थिइन् । यस विषयमा उनले रमाइलो जवाफ दिएकी छिन् ।

उनका अनुसार नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँझो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफूले यसरी रोपाईं गरेको बताईन् ।

२५ सयमै बाईक र १० हजारमै बोलेरो कार बेचीदै

जनकपुर भन्सार कार्यालयले विभिन्न ब्राण्डका ३ सय ६१ वटा सवारीसाधनहरु लिलामी गर्ने भएको छ । बिक्री गर्ने सवारीसाधनहरुमा मोटरसाइकल धेरै मात्रामा छन् भने कार, जीप, बोलेरो जीप लगाएतका छन् ।

बुधबार सुचना निकाल्दै तीन सय ६१ आइटमहरु लिलामीमा बिक्री गर्ने गरि इच्छुन नेपाली नाग।िक तथा नेपाली फर्महरुबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

दुई खण्डमा प्रकाशित भएको एक्त सूचनामा पहिलो खण्डमा १ सय ८१ आइटम तथा दोस्रो खण्डमा १ सय ८० आइटम राखिएको छ भने इच्छुक नेपालीहरुले सूचना प्रकाशित भएको २१ ीदन भित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

आफुले इच्छाइएको सवारीको कबोल गरेको रकमको १० प्रतिशत् रकम को.लो.नि.का. धनुषा षखाको धरौंटी खाता नं. १२२०२०३०००००० राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखामा कार्यालयको कोड नं. ३०५०२१७०१ राखी जम्मा गरेको भौचर सक्कलै भौचर बुझाउनु पर्ने जनाएको छ ।

सवारी साधनहरु हेर्न वा थप जानकारी लिनु परेमा हरेक हप्ताको शुक्रबार दिनको १५ः०० बजे देखि १७ः०० बजेसम्म सम्पर्क गर्न सकिने छ ।

दुबइकी राजकुमारी तीन सय करोड लिएर भाग्नुको

यस्तो रहेछ रहस्य

केहि दिनअघि दुवइकी राजकुमारी आफ्ना दुई सन्तानसहित तीन सय करोड रुपैयाँ लिएर भागेको खबरले विश्वलाई नै चकित बनायो । तर, अहिले विस्तारै यस घटनाको पर्दा खुल्न थालेको छ ।

दुबईकी राजकुमारी हया बिन्त अल हुसैन ले आफ्ना श्रीमान शेख मोहम्मद अल मकतूमले उनकी जेठी छोरीलाई कैद गरेर यातना दिइरहेको भन्ने कुरा थाहा पाएपछि महिनौं दिनसम्म भाग्ने योजना बनाएको खुलासा भएको छ ।

देशका शासकले आफ्नै छोरी राजकुमारी लतिफामाथि गरेको व्यवहारका कारण ४५ वर्षे राजकुमारी हयाले दुबई छोडेको पत्ता लागेको छ । रिपोर्टमा बताए अनुसार उनले यस वर्षको शुरुवातदेखि नै भाग्ने योजना बुनिरहेको र मे महिनामा ब्रिटेन उड्नुअघि जर्मनी भागेकी थिइन् ।

राजकुमारी हया आफ्ना ११ र सात वर्षका दुई सन्तानसहित ब्रिटेनमा लुकिरहेको बताइएको छ । उनले ६८ वर्षका बिलियनेर श्रीमानसँग सम्बन्धविच्छेदका लागि प्रक्रिया चालेको बताइएको छ ।
उनी वेस्ट लण्डनको केन्सिङ्टनस्थित आफ्नो ८५ मिलियन पाउन्डको घरमा बसिरहेको बताइन्छ । ब्रिटेनमा शरण लिएकी दुबईका शासककी श्रीमतीलाई ‘ज्यानको खतरा’

पारिवारिक श्रोतले मेल अनलाईनलाई भनेको छ, ‘राजकुमारी हयालाई उनका श्रीमानले आफ्नै छोरीमाथि गरेको क्रुर व्यवहार थाहा भएको र आफूमाथि पनि यस्तै हुने हो कि भन्ने डर भएकाले यस्तो गरेकी हुन् ।’

‘गत वर्ष लतिफा दुबई छोडेर भागेकी थिइन् । शेखा लतिफा एक फ्रान्सेली व्यक्तिको मद्दतले डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतको तट नजिकै हतियारधारी रक्षकले हिरासतमा लिएर दुबई फिर्ता पठाएका थिए । आफ्नै छोरीलाई जेलमा राख्ने कस्ता पिता हुन् ?’

दुबईकी राजकुमारीको ‘आजादी’ को इच्छा
दुबईका साशकले छोरीलाई कसैले अपहरण गरेको र उनलाई तुरुन्त उद्धार गर्नुपर्ने हयालाई बताएका थिए ।

श्रीमानको यो कुरा हयाले शुरुमा विश्वास पनि गरेको तर लतिफालाई जबरजस्ती दुबई फिर्ता गराएर उनलाई यातना दिएर कैद गरिएको थाहा पाइन् । ‘राजकुमारी निकै बुद्धिमान छिन् । उनलाई श्रीमान र उनका आसेपासेले वास्तविकता लुकाएको भन्ने कुरा थाहा पाएपछि दुबईबाट भागेकी हुन् ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा