सुत्ने तरिकाले बताउछ तपाईको ब्यक्तित्व



हाम्रो इकोनोमि

 

हरेक ब्यक्तिको सुताइ फरक फरक हुन्छ । भनिन्छ मानिसको सुत्ने शैलीबाट उसको ब्यक्तित्व कस्तो भन्ने जानकारी प्राप्त गर्न सकिन्छ ।

कुन पोजिसनमा सुत्ने ब्यक्तिको ब्यक्तित्व कस्तो हुन्छ त ?

मुडा जस्तोः

कोल्टो परेर हात खुट्टा तन्काएर सुत्ने पोजिसनलाई मुडाजस्तो भनिन्छ ।

यसले के भन्छ ?

यसरी मुडाजसरी सुत्ने व्यक्तिहरु साधारणतया रिल्याक्स र अरुका लागि सकारात्मक सोच राख्ने किसिमका हुन्छन् । उनीहरु मानिसहरुसँग निकै फ्रेन्डली हुन्छन् र आफू वरिपरि मानिसहरु भएको रुचाउँछन् ।

यद्यपि, यसरी सुत्ने व्यक्तिहरु सजिलै ठगिने पनि हुन्छन् ।

सहज हुुनु कतिपय अवस्थामा राम्रो हो तर मानिसहरुले आफ्नो फाइदा नउठाउन् भन्नका लागि तपाईंले आफ्नो कुरा खुलेर भन्नै पर्छ ।

सैनिकः

उत्तानो परेर हात खुट्टा तनक्क तन्काएर सुत्ने । यो सुताई ‘अटेन्सन पोजिसन’मा उभिएको जस्तो देखिन्छ ।

यसले के भन्छ ?

सैनिक सुताई भएका व्यक्तिहरु बलियो र मौन बस्ने किसिमका हुन्छन् । उनीहरु धेरैजसो एक्लै बस्न रुचाउँछन् ।

यस्ता व्यक्तिहरु आफ्नो र अरुको विषयमा निकै गम्भीर तरिकाले सोच्ने गर्छन् ।

स्टारफिसः

उत्तानो परेर हात खुट्टा फैलाएर सुत्ने अथवा सिरानीमा हात राखेर सुत्ने बानी ।

यसले के भन्छ ?

यो सुताईको कम प्रचलित पोजिसन हो । यसरी सुत्न रुचाउनेहरु आत्मविश्वासी हुनुका साथै समुदायमा बस्न रुचाउँछन् तर तर सेन्टर अफ अट्र्याक्सन हुन चाहँदैनन् ।

यसरी सुत्ने व्यक्तिहरु राम्रा श्रोता हुन्छन् र साथीभाइ र परिवारलाई आफूले सक्ने जती सहयोग गर्छन् ।

बच्चा झैंः

कोल्टो परेर दुबै घुँडा माथि सारेर सुत्ने पोजिसन ।

यो सबैभन्दा चर्चित सुताईको पोजिसन हो । बेलायतको स्लिम असेसमेन्ट एण्ड एड्भाइजरी सर्भिसको अनुसन्धानमा ४१ प्रतिशत यसरी सुत्न रुचाउँछन् । विशेषगरी महिला यसरी सुत्न रुचाउँछन् ।

के भन्छ यस्तो सुताईले ?

यसरी सुत्ने मानिसहरु बाहिरबाट हेर्दा जति कठोर देखिएपनि भित्र भने निकै कोमल हुन्छन् ।

उनीहरु प्राकृतिक रुपमै चिन्ता लिइरहने किसिमका हुन्छन् । यस्ता व्यक्तिहरु निदाउन संघर्ष गर्छन् । यस्ता व्यक्तिहरु सजिलै अरु व्यक्तिसँग घुलमिल हुन सक्दैनन् तर एकपटक विश्वास गरेपछि उनीहरुभन्दा राम्रो साथी अरु कोही हुनसक्दैन ।

स्काई डाइभरः

तपाईं पेट थिचेर सुत्नुहुन्छ, आफ्नो टाउको एकापट्टी फर्काउनुहुन्छ र हात सिरानी मुन्तिर वा टाउकोको साइडमा राख्नुहुन्छ ।

यसले के भन्छ ?

यसरी सुत्ने व्यक्तिहरु खुल्ला विचारका र निकै आत्मविश्वासी हुन्छन् ।

सिधा तरिकाले आफ्नो कुरा राख्ने यस्ता व्यक्तिहरु कहिलेकाँही क्रुर र असंवेदनशील पनि हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...