पत्नी पिडित पुरुष आश्रम : पत्नीबाट पिडित पति हरुका लागि बस्ने र खाने व्यवस्था सहितको आश्रम



हाम्रो इकोनोमि

 

पतिबाट पिडित भएका महिलाको लागि विभिन्न आश्रय दिएर राखेको खबर त हामीले बिरलै मात्रामा पाएका थियौँ ।

तर भारतमा भने पत्नी पिडित पुरुषहरुको लागि समेत आश्रय स्थापना भएको छ । महाराष्ट्रको औरंगाबाट १२ किलोमिटर टाढा शिरडी मुम्बाइ हाइवे छेउमा यो आश्रम रहेको छ ।

आश्रयभित्र थर्मोकोलबाट एउटा ठूलो आकारमा निर्माण गरिएको कागको आकृतिलाई हरेक बिहान तथा बेलुका पूजा गरिने गरिन्छ ।

पिडितहरुको मान्यता अनुसार पोथी काग फूल पारेर उडेर जान्छ तर भाले काग बच्चाको पालन पोषण र फूलको हेरचाह गर्ने भएकाले यस्तै अवस्था पत्नी पिडित पुरुषहरुको हुने भन्दै उनीहरुले कागको मूर्तिमा पूजा गर्ने गरेका हुन् ।

भारतका फुलारे नामका व्यक्तिले आश्रमको स्थापना गरेका हुन् । उनकी पत्नीले उनीमाथि घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता गरेकी थिइन ।

पत्नी बाट पिडित उनी जस्तै ४ जना साथीसँग मिलेर सन् १९१६ को पुरुष पिडित दिवसको दिन आश्रमको सरुवात गरिएको हो ।

आश्रममा ३ वटा कोठा रहेका छन् । आश्रममा बस्ने मानिस सामुहिक रुपमा बस्दछन् र आफ्नो खाना आफै बनाउँछन् ।

सल्लाह लिन आउने हरेक मानिसलाई खिचडी बनाएर खुवाइन्छ । उक्त आश्रममा पत्नी पिडित पुरुषहरुलाई आश्रय दिनुको साथै कानुनी लडाई लड्नको लागि समेत सल्लाह सुझव दिइन्छ । हरेक शनिवार तथा आइतबार पत्नी पीडितहरुलाई परामर्श सेवा दिइन्छ ।

यो आश्रममा सुरुमा केवल नजिकका सहरका पुरुषहरु आउने गरेका भएपनि अहिले छत्तिसगढ, गुजराँत, कर्नाटक, आन्ध्र प्रदेश लगायतका राज्यमा मानिसहरु पनि आउने गरेका छन् ।यो आश्रममा बस्ने योग्यताका लागि पत्नी पीडितहरुका केही मापदण्ड तोकिएको छ ।

जस अनुसार पत्नीद्वारा कम्तिमा २० मुद्दा दायर भएका, पत्नीले मुद्दा हालेपछि नोकरी गुमाएका, पत्नीलाई मानाचामल भर्न नसक्दा जेल परेर छुटेका, अर्को बिहे गर्ने मन नभएका र आफ्नो योग्यता अनुसारको काम गर्ने जाँगर भएका पुरुषहरुले मात्र यो आश्रममा बस्ने ठाउँ पाउँदछन् ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...