किन अरेबियन महिलाहरु हुन्छन यति सुन्दर ? यस्तो छ सुन्दर हुनुको रहस्य



हाम्रो इकोनोमि

 

सुन्दरताको कुरा गर्दा अरबेयिन महिलाहरुको प्रसंग जोड्ने गरिन्छ । हुनपनि बान्की मिलेको अनुहार,

छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छ ।

सवैले स्विकारेका छन् कि, अरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर र स्वस्थ्य हुन्छ ।

यी महिलाहरुको छाला मात्र हैन कपाल पनि उत्तिकै सुन्दर हुन्छ ।

अरेबियन महिलाहरु ठुला आँखा र आकर्षक हेराइका कारण पनि प्रख्यात छन् । यी महिलाहरु धेरैजसो बुर्का भित्र रहन मन पराउँछन् ।

तर नकाबमा भित्रबाट देखिएको सुन्दर आँखाले नै उनीहरुको सुन्दरताको बयान गर्छ ।

अरेबियन महिलाको सुन्दरता प्राकृतिक मात्र नभएर आफ्नो छालाप्रतिको हेरचाह पनि प्रमुख कारण हो ।

अरबियन महिलाहरु आफ्नो सुन्दरतालाई यथावत राख्नका लागि स्पेशल स्किन केयर अपनाउँछन् । यसको साथै स्वस्थ्यकर खाना खाने गर्छन् ।

अरेबियन महिलाहरु आफ्नो सुन्दरताको हेरचाह कसरी गर्छन् त ?

सुर्यको किरणबाट आफ्नो छालालाई बचाउनका लागि अरेबियन महिलाहरु बुर्का लगाउने गर्छन् । बुर्का लगाउँदा छालालाई सुर्यको हानिकारक किरण संग-सँगै प्रदूषण र धुलोबाट पनि बचाउँछ ।

बुर्का बाहेक आफ्नो छालालाई सुर्यको किरणबाट बचाउनका लागि सनस्क्रिनको प्रयोग गर्छन् । अरबमा सनबाथको पारम्परिक संस्कृति रहि आएको छ ।

आज पनि अरेबियन महिलाहरु आफ्नो सुन्दरतालाई कायम राख्नका लागि प्राचिनदेखि चलि आएको सनबाथ लिन रुचाउँछन् ।

नरम र चम्किलो छालाको लागि अरेबियन महिलाहरु विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसको साथै तातो पानीमा शरीरलाई घण्टौं डुबाएर राख्ने गर्छन् ।

प्राचिनकालमा नूरजहाँलाई गुलाब र राजकुमारी डायनालाई एभोकाडो अत्यन्तै मन पथ्र्यो । प्राचिन महारानीहरुको सुन्दरताको रहस्य नै घरमा बनेका सौन्दर्य प्रसाधनको प्रयोग थियो ।

यहि कुरालाई आज पनि अरेबियन महिलाहरु आत्मासाथ गर्छन् ।

अरेबियन महिलाहरु सुन्दरताको बिषयमा निकै संवेदनशील हुन्छन् । उनीहरु सौन्दर्य प्रसाधन पनि केवल अग्र्यानिक मात्र प्रयोग गर्छन् ।

उनीहरु आँखाको मेकअप गर्न निकै रुचाउँछन् । त्यसैले गाजल यिनीहरुलाई अत्यन्त पि्रय लाग्छ । आँखाको सुन्दरता बढाउनका लागि अरेबियन महिलाहरु घरमा बनेको गाजल लगाउने गर्छन् ।

अरेबियन महिलाहरु हलावा नामक घरमा बनेका व्याक्सको प्रयोग गर्छन् । यिनीहरुलाई अनावश्यक रौं आएको मन पराउँदैनन् ।

गुलाबजललाई प्राचिन कालदेखि नै सौन्दर्य प्रसाधनको रुपमा लिइइै आइएको छ । गुलाबजलले नेचुरल एस्टि्रजेन्टको काम गर्छ ।

त्यसैले मध्यपूर्वी देशहरुमा त यो सबैभन्दा पुरानो सुन्दरताको राज मानिन्छ । गुलाबजलले छाला बिग्रनबाट बचाउनुको साथै छाला चाउरीनबाट बचाउँछ ।

गुलाबजललाई जमाएर आईस क्युब बनाएर अनुहार र गर्दनको वरिपरी रगड्नु पर्छ । यसो गर्दा अनुहार र गर्दन कसिलो हुनुको साथै ग्लो पनि आउँछ ।

धेरै कम महिलाले मात्र कठोर हेल्दी डाइट फलो गर्न सक्छौ । चिल्लो र स्वादिलो खाना देख्नासाथ हामी खान थालिहाल्छौ । तर अरेबियन महिलाहरु हेल्दी डाइट खाने गर्छन् ।

खानामा फलफूल र सागपात खाने गर्छन् ।

कपालको सुन्दरतामा बिशेष ध्यान दिने गर्छन् । आफ्नो कपाललाई सुन्दर र स्वथ्य बनाउनको लागि विशेष प्रकारको अरेबियन तेलको प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...