संखुवासभा गोली हानाहानमा विप्लवका दुई कार्यकर्ता बेपत्ता



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संखुवासभाको तिलिचुङ गाउँपालिका प्रहरीसँग भएको दोहोरो गोली हानाहान घटनामा आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ ।

तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो ।

सो क्रममा आफ्ना तीन जना कार्यकर्ता सम्पर्कविहीन रहेकोमा एक जना कार्यकर्तालाई सम्पर्कमा आएको भए पनि उनी प्रहरीले नै नियन्त्रणमा रहेको र अन्य दुई जना बेपत्ता रहेको विप्लव समूहको दाबी छ ।

विप्लवको पूर्वी केन्द्रीय कमाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तीन बेपत्ता कार्यकर्तामध्ये सुजन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेर राखेको दाबी गरेको छ ।

अन्य दुई कार्यकर्ताको अवस्था ‘अज्ञात’ रहेको विप्लव माओवादीको दाबी छ ।

पूर्वी कमाण्ड इञ्चार्ज विषमले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘टोलीका सबै ज्यान जोगाउन सफल भए पनि तीन जना सम्पर्कबिहीन भएकोमा एक जना सम्पर्कमा आएका छन्, दुई जनाको अवस्था अज्ञात रहेको छ ।’

विज्ञप्तिमा पार्टी कार्यकर्ताहरू संगठन सुदृढीकरण र विस्तार अभियानमा पुगेका बेला प्रहरीले तीन वटा हेलिकप्टरसमेत खटाएर घेरा हाली एकोहोरो गोली चलाएको र त्यसलाई दोहोरो भिडन्तको संज्ञा दिएको दाबी गरिएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार सदरमुकाम खाँदबारीबाट सोमबार १७ जनाको प्रहरी टोली तिलिचुङमा गएको थियो । प्रहरीको गस्ती टोलीलाई विप्लव कार्यकर्ताले गोली हानेपछि जवाफी फायरिङ गरिएको एक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...