आफ्नै आमालाई मार्न १२ लाख खर्च गर्ने छोरी जान्नुहोस नालीबेलि सहित कारण



हाम्रो इकोनोमि

 

चाँगुनारायण नगरपालिका–७ बाँसबारी खरिपाटी विद्युत् तालिम केन्द्रपछाडि छोरीज्वाइँ सोनाम थापा मगरको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको ह**त्या आरोपमा पक्राउ परेका चारैजनालाई जिल्ला अदालत भक्तपुरले थुनामा राख्ने ओदश दिएको छ।

को ह**त्यामा आरोपित उनकी छोरी २७ वर्षीया ईश्वरी, ईश्वरीका प्रेमी सिरहा कल्याणपुर नगरपालिका–४ भर भई भक्तपुर पुरानो ठिमीमा बस्दै आएका २४ वर्षीय मोहम्मद नौसाद, अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रहिसको म्याद थप गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

थप बयान तथा अनुसन्धानका लागि म्याद थपिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँ घर भएकी ६० वर्षीया सावित्री भक्तपुर, खरिपाटीस्थित छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन्।

उनको आइतबार बिहान साढे १० बजेतिर ह**त्या भएको थियो। मोटरसाइकलमा आएका तीनजना सावित्रीको घाँटी रे*टेर ह**त्या गरी फरार भएका थिए।प्रहरीले फरार तीनैजना र छोरीसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। छोरी ईश्वरीकै योजनाअनुसार ह**त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आरोपित ईश्वरी विवाहित हुन्। उनका पति सोनाम थापा काठमाडौंको सिनामंगलमा होटल व्यवसाय गर्छन्। उनीहरुको एउटा छोरा छ।

तर श्रीमती परपुरुषसँग सम्बन्धमा रहेका कारण पतिपत्नीबीच सम्बन्ध राम्रो थिएन। पति खासै घर आउने गरेका थिएनन्।केही वर्ष अघि गार्मेन्टमा काम गर्ने क्रममा ईश्वरीको मोहम्मद नौसादसँग प्रेम भएको थियो।

नौसादसँगको सम्बन्ध थाहा पाएपछि आमा सावित्रीले आफ्नो घरपरिवार बिगारेर अर्कै युवाको पछि नलाग्न छोरीलाई चेतावनी दिँदै आएकी थिइन्। छोरीको अ*वैध सम्बन्ध आमा सावित्रीले थाहा पाएपछि उनले नौसादलाई एक लाख रुपैयाँ दिएर युएई पठाइदिएकी थिइन्।

तर ईश्वरी र नौसादबीच सामाजिक सञ्जालमा गफगाफ मात्रै भएन आमाको ह**त्या गर्ने योजनासम्म बनेको प्रहरी अनुसन्धानबाट देखिएको छ।जेठमा युएई गएका नौसाद असार १० गते फर्किए।त्यसपछि उनी १२ गते भारत गए।

अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रहिसलाई लिएर १४ गते नेपाल आए।अर्जुनकुमार भनिने भोला र मोहम्मद रहिसलाई लिएर नौसाद १५ गते बिहान ईश्वरीको घर पुगे। योजना अनुसार ईश्वरी दिदीको घरमा गएको मौका पारेर उनीहरुले सावित्रीको ह**त्या गरे।

प्रहरी अनुसन्धानको क्रममा अर्जुन कुमार र रहिस कन्ट्र्याक्ट कि**लर भएको खुलेको छ।नौसादले १२ लाखको सुपारी दिने भएपछि रहिश र भोला ह**त्या गर्न तयार भएका थिए।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...