जान्नुहोस् कस्तो भागमा कोठी हुनाले पैसा टिक्दैन ?



हाम्रो इकोनोमि

 

 

सबै मानिसहरूको शरीरमा काहीँ न काहीँ त पक्कै पनि कोठी हुन्छ र यी कोठीहरुको फरक फरक अर्थ हुने गर्दछ तर शास्त्रका अनुसार शरीरको यस्ता भागहरुमा कोठी भएमा त्यस व्यक्तिसंग कहिले पनि रुपैयाँ नरहने विश्वास गरिन्छ । हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन ।

बायाँ गालामा कोठी
जस व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने गर्दछ र रुपैयाँको कमी पनि हुँदैन तर आम्दानी भएता पनि पैसा भने बचाउन सक्दैन र आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

चोर औँलामा कोठी
त्यस व्यक्ति जसको हातको चोर औँलामा कोठी हुन्छन् त्यस्ता व्यक्तिले आफ्नो जीवनको लामो समयसम्म पनि पैसाको अभाव झेलिरहनु पर्ने हुन्छ ।

ओठमुनि कोठी
जस व्यक्तिको ओठमुनि कोठी हुन्छ त्यस्ता व्यक्तिले पैसा कमाउनका लागी जति नै प्रयास गरेता पनि आर्थिक समस्याबाट छुटकारा पाउन भने गाह्रो नै हुन्छ ।

बायाँ हत्केलामा कोठी
त्यस्ता व्यक्ति जसको बायाँ हत्केलामा कोठी हुन्छ त्यस किसिमका व्यक्तिहरू अत्यधिक खर्चालु हुने गर्छन् । खर्चालु भएका कारण त्यस्ता व्यक्तिले पैसाको भने बचत गर्न सक्दैन् बायाँ हत्केलामा कोठी हुनु खर्च गर्ने चिन्ह हुनु हो ।

बायाँ खुट्टामा कोठी
कुनै व्यक्तिको बायाँ खुट्टामा कोठी छ भने त्यस्ता व्यक्तिले आफूले कति खर्च गर्नुपर्छ भन्ने कुरा ठम्याउन सक्दैनन् र खर्चको हिसाब राख्न नसकेका कारण प्राय मनिस्ल्हारुले यस्ता व्यक्तिलाई ठग्ने गर्दछन् ।

बायाँ कोखामा कोठी
जस व्यक्तिको बायाँ कोखामा कोठी हुन्छन् त्यस्ता व्यक्ति बढी बिरामी भई उपचार गर्ने क्रममा बढी खर्च गरिरहनुपर्ने हुँदा यस्ता व्यक्तिसंग पैसाको अभाव हुने गर्दछ ।

बायाँ आइब्रोमाथि कोठी
यदि मानिसहरूको बायाँ आइब्रोको माथि कोठी भएमा त्यस्ता व्यक्तिले आफ्नो जीवनमा बढी आनन्द खोज्ने गर्दछन् । जसबाट लक्जरी लाइफका कारण त्यस्ता व्यक्तिलाई पैसा जोगाउन भने मुस्किल नै पर्ने गर्दछ ।

हत्केलामा कोठी
यदि कुनै मानिसको हत्केलामा कोठी भएमा त्यस्ता मानिसको जीवनमा पैसाको अभाव हुने विश्वास रहेको पाइन्छ र विवाहपछि पनि आर्थिक समस्यामा परिरहनु बाध्यता हुने गर्दछ ।

आजै छाड्नुहोस् यी ७ बानी, जसका कारण हुनसक्छ

तपाईको किड्नी फेल

रोगबाट बच्ने एउटा महत्वपूर्ण तरिका स्वस्थ जीवनशैली हो । शरिरको स्वास्थ्य विग्रनुमा हामीले भाग्यलाई दोष दिन्छौ । तर कहिलेकाँही हामी अस्वस्थ जीवनशैली यापन गछौं । जसले हाम्रो आन्तरिक अंगहरुमा समेत नराम्रो असर गर्छ । शरिरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो तथापी शरिरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।

कोखमा हुने यस अंगले रगतमा इलेक्ट्रोलाईट नियन्त्रण गर्न मुख्य भूमिका खेलेको हुन्छ । किड्नीले शरिरबाट अनावश्यक चीजलाई फालिदिन्छ (विषादी लगायतका हानिकारका चिज)। किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साईड इफेक्ट लगायतका कारणले किड्नीमा गम्भीर हानी गर्छ । किड्नी फेलका सामान्य कारण यस्ता छनः

पर्याप्त पानी नपिउनु
हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरिरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले किड्नी स्टेन र किड्नीलाई ड्यामेज गराउछ ।

पिसाब रोक्नु
काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसले किडनीलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ किड्नीमा व्याक्टेरिया जम्मा हुन्छ, जसका कारण किड्नीमा संक्रमण हुन्छ र बिस्तारै किड्नी विग्रन्छ ।

अत्यधिक प्रोटिन
शरिरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि किड्नी फेल हुन्छ ।

नुनको मात्रा बढी
नियमित रुपमा नुनिला खानेकुरा खादा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ।

पेनकिलरको नियमित प्रयोग
नियमित रुपमा पेनकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ ।

अत्यधिक मदिरा
अत्यधिक मात्रमा मदिरा पिउदा रक्त प्रबामा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई अशर गर्छ र किड्नी फेल हुन्छ ।

संक्रमणप्रति अज्ञानता
निश्चित संक्रमण जस्तै भाइरल फ्लु, टन्सिल, पेटसँगसम्बन्धि संक्रमणले कहिलेकाही किड्नीलाई अशर गर्छ। –एजे्रन्सीको सहयोगमा

यो पनिः–

बिहान उठेर हामीले के खानु हुँदैन् ? अवश्य थाहा पाउनुहोस्

मानिसहरुलाई यतिबेला धेरै रोगले सताउने गर्दछन र यो रोग उनीहरुकै जीवनशैलीको आधारमा लाग्ने गर्दछ। धेरैजसो रोगहरु उनिहरुले खाने खानुकुराले गर्दा पनि लाग्ने गर्दछ। हामी मध्ये धेरैजसोको बानी बिहान उठ्ने बित्तिकै चिया वा कफी खाने हुन्छ। तर, स्वास्थ्यका दृष्टिकोणले भने बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु राम्रो हुँदैन।

बिहान खाली पेटमा चिया वा कफी खाने गर्नाले पेटमा ग्यास भरिने, अपच हुने आदि हुनसक्छ र पछि त्यसले ग्यास्ट्रिक, अल्सरको रुप पनि लिन सक्छ। त्यसैले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्छ।

बिहानमा चिया वा कफीको ठाउँमा जुस पिउन पनि सकिन्छ। बिहान खाली पेटमा कसैको नास्ता खाने बानी हुन्छ। खाली पेटमा खाने खानेकुरा जहिले पनि हल्का हुनुपर्छ।

त्यसैले बिहान चियासंग पराठा खाने वा बिहानमा चिल्लोमा पकाएको अथवा तेलमा तारेको खानेकुरा खाने बानी छ भने, त्यो बानी हटाउनुपर्छ। त्यो बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ र पछि, त्यो बढ्दै गएर ठूलो रुप लिन्छ।

यो पनिः–

के अगरबत्तीको धुवाँ चुरोटको धुँवाभन्दा पनि खतरनाक हुनसक्छ ?

अगरबत्ती हाम्रो दैनिक रुपमा प्रयोग हुने वस्तु हो। पूजापाठमा यो अनिवार्य चाहिन्छ। अगरबत्ती अध्यात्मको प्रतीक हो भने यसले शान्ति र सुख दर्शाउँछ। यसको मिठो सुगन्धले आनन्द महसुस गराउँछ।

तर एक अध्ययनका अनुसार अगरबत्तीको धुवाँले स्वास्थ्यमा हानि पुर्‍याउने वैज्ञानिकहरुले बताएका छन्।

२०१५ को एक चाइनिज अध्ययन जुन ‘स्प्रिन्जर्स जर्नल इन्भाइरनमेन्टल केमेस्ट्रिी लेटर्स’मा प्रकाशित छ, सो अध्ययनले अगरबत्ती र चुरोटको धुवाँको तुलनात्मक अध्ययन गर्दा अगरबत्तीमा धेरै मात्रामा हानिकारक केमिकल्सको प्रयोग हुने पाइएको छ। अध्ययनले अगरबत्तीमा भएको केही केमिकल्स चुरोटमा समेत पाइने बताउँछ।

अध्ययनका अनुसार नजिकै छेउछाउमा बाल्ने अगरबत्तीको प्रयोगले डिएनएमा परिवर्तन ल्याउन सक्छ। अध्ययनकर्ताले यसमा म्युटाजेनिक, जेनोटोक्सिक र साइटोक्सिक जस्ता टोक्सिन (विष) पाइन्छन् जसले क्यान्सर र फोक्सोका रोगहरु निमत्याउन सक्छन् भनेर पत्ता लगाएका छन्।

त्यसैगरी अध्ययनले अगरबत्तीको धुवाँ फोक्सोमा गई बस्दा यसले इन्फ्लामेटरी रियाक्सन पनि गराउनसक्ने बताएको छ। अगरबत्तीमका कणहरुमा ६४ प्रकारका तत्व हुने भएकाले यसले श्वासप्रश्वास नलीमा जलन गराउनसक्छ।

त्यसका साथै अगरबत्तीले थप विभिन्न तत्वहरुले शरीरलाई हानी पुर्‍याउने अध्ययनले निष्कर्ष निकालेको छ। अध्ययनकर्ताहरुले अगरबत्तीको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने बताएका छन् तर यो चुरोट र खैनीभन्दा पनि हानिकारक छ या छैन भनेर यकिनका साथ भन्न चाहिँ सकेका छैनन्। –एजेन्सीको सहयोगमा

यो पनिः–

यी ७ संकेत देखिए हेलचक्राइ नगर्नुहोस्, यस्तो गम्भीर समस्या हुनसक्छ !

पछिल्लो समय व्यस्त जीवन शैली र असन्तुलित खानपानका कारण मृगौलाको समस्या सामन्य जस्तै बनेको छ। गतल खानपान तथा औषधिको साइड इफेक्टका कारण पनि मृगौला खराब हुने चिकित्सक विज्ञ बताउछन्।

यस्तो समस्याबाट बच्नका लागि हामीले आफ्नो जीवन शैलीलाई अलिकति परिवर्तन गर्न सक्यौ भने पनि यसको समस्याबाट बच्न सकिन्छ। यो रोग सुरुवातमा पत्ता लगाउन निकै गाह्रो हुने गर्दछ। त्यसैले यो रोग लाग्नु भन्दा अघि केही संकेतहरु देखा पर्ने पदृछन्।

यस्ता संकेत देखिनासाथ तपाईले हेलचक्राई गर्न हुँदैन्। सुरुवाती अवस्थामै सावधानी अप्नाउनुभयो भने यसको खतरा कम हुने गर्दछ। आज हामी तपाईलाई मृगौला खराबीका सुरुवाती संकेतका बारेमा जानकारी दिदैछौँ।

१) पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु।

२) पिसाबमा रगत वा पिप देखिनु।

३) बारम्बार पिसाब लाग्नु, अझ रातको समयमा बढी पिसाब लागिरहनु।

४. जिउ सुन्निनु जसलाई इडेमा भनिन्छ । मृगौला खराब भएसँगै शरीरमा जम्मा भएको पानी तथा नुन छानिएर बाहिर आउन पाउँदैन, त्यसैले सरीर फुलिन्छ।

५. रक्तअल्पता र कमजोरी हुनु। मृगौला खराब भएसँगै रगमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ।

६. छालाको समस्या देखिनु । मृगौलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ।

७. मुखबाट गन्ध आउनु । मृगौलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ। –एजेन्सीको सहयोगमा

यो पनिः–

पख्नुहोस्, यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस् लसुन !

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ।

लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आप्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ।

लसुनको सेवन गर्दा ध्यान दिनु पर्ने व्याक्तिहरु यस्ता छन्

कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्।

हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने,

लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रा लाई कम गर्दछ।

जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

सर्जरी गर्न लागेको व्यक्ति स्

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

कम रक्तचाप भएको व्यक्ति स्

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

झाडापखाला लागेको व्यक्ति स्

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

यो पनि पढ्नुहोस् स् पति(पत्नीबीच खटपट भइरहन्छ ? यी उपाय अप्नाए बन्छ जीवन प्रेममय
आँखा रोग भएको व्यक्ति स्

आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ।

आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्।साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...