विवाह नगरी आमा बनिन् बलिउड नायिका माही गिल, ३ वर्षपछि खुल्याे रहस्य



 

बलिउड चर्चीत नायिका माही गिल जसले सलमान खानसँग दबंग लगाएलका फिल्ममा काम गरेकी छिन् । उनी विवाह विनानै अामा बनेकी छिन् ।

छोरी तीन वर्ष पूरा हुनैलाग्दा माहीले अाफ्नाे सत्यता मिडियामा खुलासा गरेकी छिन् । नायिका माहीले विवाहकाे चाहाना समेत व्यक्त गरेकी छिन् ।

भारतीय मिडिया नवभारत टाइम्सकाे अनुसार उनले आफू सिंगल नभएको बताएकी छिन् । प्रेमीबारे जानकारी दिँदै उनले भनिन्, ‘उनी गोवामा व्यापार गर्छन् ।

त्यसकारण म धेरैजसो गोवा आवतजावत गरिरहन्छु । उनकी छोरी मुम्बईमा उनीसँगै बस्ने र छोरीको हेरविचार उनकी काकीले गर्ने गरेको बताइन् ।

माही भन्छिन् ‘परिवार र बच्चा विवाह नगरीकनै बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ ।

विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि सबैको आ–आफ्नै जीवन हुन्छ र हरेकको आफ्नै सिद्धान्त पनि छ ।

विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईंको नीजि रोजाई हुनुपर्छ । कामको कुरा गर्ने हो भने उनको फिल्म फ्यामिली अफ ठाकुरगञ्ज चाँडै नै रिलिज हुने तयारीमा छ । नायिका आजकाल यो फिल्मको प्रोमोशनमा निकै व्यस्त छिन् ।

यसबाहेक माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ ।

शिक्षक बन्न चाहनेहरुका लागि खुःशीको खबर :

परीक्षा नियमावली संशोधनको तयारी

 

शिक्षक बन्न चाहनेहरुका लागि विशेष सुविधा आएको छ । शिक्षक हुनु अघि दुई थरी परीक्षा पास गर्नु पर्ने व्यवस्था सहित शिक्षक सेवा आयोगको नियमावली संशोधनको तयारी गरिएको छ ।

स्विकृतीका लागि मन्त्रीपरिषद्मा पुगेको नियमावलीमा शिक्षक हुन चाहनेले दिनु पर्ने लिखित परीक्षा अन्र्तगत दुई थरी परीक्षाको व्यवस्था गरिएको छ ।

देशको संरचना र व्यवस्था परवर्तन भएसँगै नयाँ संविधान अनुकुल नियमावली आवश्यक परेकोले संशोधन गर्न लागिएको हो । लिखितको सय पूर्णाङ्कको विषयगत परीक्षा अघि सय पूर्णाङ्ककै प्रारम्भिक सामान्य परीक्षा पास गर्नै पर्ने व्यवस्था गरिएको मन्त्रीपरिषद् श्रोतले जानकारी दिएको छ ।

उक्त व्यवस्था लागू भएपछि शिक्षक हुन चाहनेले प्रारम्भिक परीक्षा पास गरेपछि मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउने भएका छन् । शिक्षण पेशाको गुणस्तर बढाउन र प्रतिस्पर्धि बनाउन भन्दै उक्त प्रस्ताव गरिएको बताइएको छ ।

यस्तो व्यवस्थाले गर्दा योग्य शिक्षक छनौटको आधार निर्माण हुने शिक्षा मन्त्रालयको तर्क रहेको छ । आयोगको नियमावलीको नवौं संशोधनमा रहेको लिखितको सय, प्रयोगात्मकको २५, अन्तरवार्ताको २५ अँक हुने व्यवस्था थियो ।

लिखितको उत्तीर्णाङ्क ३५ र प्रयोगात्मकको १० हुने व्यवस्थामा परिवर्तन गर्न लागिएको हो । अब, लिखित अन्र्तगत हुने प्रारम्भिक र विषयगत परीक्षाको पूर्णाङ्क सय–सय अंकको हुनेछ । प्रयोगात्मक र अन्तरवार्ताको अंकमा भने विद्यमान व्यवस्थाकै जस्तो २५–२५ अंक राखिएको छ ।

प्रारम्भिक परीक्षाको उत्तीर्णाङ्क भने ५० र विषयगतको उत्तीर्णाङ्क ४० प्रतिशत रहने बताइएको छ । नयाँ प्रस्ताव गर्न लागिएको प्रारम्भिक परीक्षामा भने बस्तुगत प्रश्न सोधिने भएको छ । शिक्षकको अन्तिम नतिजामा भने प्रारम्भिक परीक्षामा प्राप्त गरेको अंक समेत जोडि योग्यताक्रमका आधारमा अन्तिम नतिजा प्रकाशन हुने भनाई छ ।

अन्तवार्ताको लागि छुट्याइएको पच्चीस अङ्कमा पनि परिवर्तन गरिने भएको छ । यस अघि अनुभव वापत सोही श्रेणीको पदमा अस्थायी काम गरे वापत प्रत्येक वर्षको एक नम्बरको दरले बढीमा बाह्र अङ्क हुने व्यवस्थामा परिवर्तन गरी प्रत्येक वर्षको शुन्य दशमलब ५ अँकको दरले बढिमा ५ अँक हुने व्यवस्था गरिदैं छ ।

शैक्षिक योग्यताको नम्बरमा प्रथम श्रेणी भए ३, दोश्रो भए २ र तेश्रो भए १ अँक हुने साविककै व्यवस्था यथावत राखिए पनि सेवा प्रवेशको लागि तोकिएको भन्दा एक तह माथिको शैक्षिक योग्यताको प्रथम श्रेणी भए २, दोश्रोका लागि डेढ र तेश्रोका लागि १ अँक हुने व्यवस्था गरिदैं छ ।

परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेद्वारहरु मध्येबाट करारमा शिक्षक नियुक्ति गर्दा योग्य र सक्षम नियुक्ति गर्न भन्दै नियमावलीमा परिवर्तनको प्रस्ताव गरिएको छ ।

सिफारिस गरिएको पद संख्याको आधारमा प्राविमा ५० र निम्न माविमा शत प्रतिशत हुने संख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने साविकको नियममा परिवर्तन गरी प्राविमा सतप्रतिशत र निमावी तथा माविमा विज्ञापन भएको पदको दोब्बर संख्यामा सिफारिस गरिने छ ।

माथि उल्लेखित सहित विभिन्न विषयमा नियमावलीमा संशोधन गरीएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको