अछाममा बस दुर्घटना १५ घाइते, ५ को अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

जिल्लाको साँफेबगर नगरपालिका–२, झकालेमा बुधबार बिहान बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । ५ को अवस्था गम्भीर छ ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए । उनीहरुको अहिले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिएर बस खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...