रुपन्देहीकाे अहिरण्डी चोकमा गोली चल्याे



हाम्रो इकोनोमि

 

रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ । गैडहवा गाउँपालिकास्थित गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटेर लगेको स्थानीय लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले जानकारी दिएका छन् ।

ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउँदै गरेका पासी गैडहवा गाउँपालिका–४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली प्रहार गरेको पासीलाई उदृत गर्दै गुप्ताले बताए ।

लुटेराहरूको गोली प्रहारबाट टेम्पोको टायरमा लागेको र कुनै मानवीय क्षति भने नभएको बताइएको छ । टेम्पोमा अन्य यात्रुहरू समेत सवार रहेको गुप्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...